Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

बागलुङका किसान आलुबाट आत्मनिर्भर

पर्वत । गण्डकी प्रदेश सरकारले पहाडी क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी सहयोग गर्न थालेपछि बागलुङको ताराखोला, ढोरपाटन, तमानखोला लगायतका गाउँका किसानले आलु खेती बिस्तार गरेका छन् ।

अरु बालीभन्दा आलुखेती राम्रो हुने भएकाले पश्चिमी बागलुङमा किसान यसप्रति आकर्षित भएका हुन् । बागलुङ्ग ताराखोलाका दुई सयभन्दा बढी परिवार आलु खेतीमा आबद्ध छन् । किसानले फलाएको आलु बिक्रीका लागि बाग्लुङ बजार ल्याउँछन् ।

ताराखोला जस्तै गल्कोट, ढोरपाटन, तमानखोला र निसीखोलामा पनि व्यावसायिक आलु खेती हुने गरेको छ । गल्कोट नगरपालिका १ दुदिलाभाटीका एकबहादुर घर्तीमगरले यस क्षेत्रको आलु ग्राहकको रोजाइ र खोजाइमा परेको हुनाले किसानलाई बजार खोज्नु नपरेको बताउनुभयो ।

गतवर्ष ताराखोला, निसीखोला, तमानखोला गाउँपालिका सहित गल्कोट र ढोरपाटन नगरपालिका समेटेर आलु जोन घोषणा गरिएको छ ।

धान खेती नहुने भएकाले यहाँका किसानले आलु बेचेर चामल किन्ने गरेका छन् भने अरु घरखर्ची चलाएर बचत पनि गर्छन् । गाउँमा सडक पुगेपछि ढुवानीको समस्या छैन । हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिकटन आलु उत्पादन हुन्छ ।

त्योमध्ये हिउँदमा २६ हजार ९ सय टन र वर्षात्मा ११ हजार ६ सय ९४ टन आलु बजारमा आउने गरेको कृषि तथ्याङ्क छ । कृषि ज्ञान केन्द्रले यसवर्ष थप क्षेत्र विस्तारको कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत विश्वास काफ्लेले बताउनुभयो ।

भौगोलिक उचाइ र हावापानीले साथ दिएकाले ताराखोला, ढोरपाटन, गल्कोट, निसीखोला, तमानखोला लगायतका क्षेत्रका आलु खानमा मीठो छ । आलुले किसानलाई आत्मानिर्भर मात्रै बनाएको छैन बाग्लुङलाई आलु खेती हुने जिल्लाका रुपमा पहिचान दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP