Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

बागलुङका किसान आलुबाट आत्मनिर्भर

पर्वत । गण्डकी प्रदेश सरकारले पहाडी क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी सहयोग गर्न थालेपछि बागलुङको ताराखोला, ढोरपाटन, तमानखोला लगायतका गाउँका किसानले आलु खेती बिस्तार गरेका छन् ।

अरु बालीभन्दा आलुखेती राम्रो हुने भएकाले पश्चिमी बागलुङमा किसान यसप्रति आकर्षित भएका हुन् । बागलुङ्ग ताराखोलाका दुई सयभन्दा बढी परिवार आलु खेतीमा आबद्ध छन् । किसानले फलाएको आलु बिक्रीका लागि बाग्लुङ बजार ल्याउँछन् ।

ताराखोला जस्तै गल्कोट, ढोरपाटन, तमानखोला र निसीखोलामा पनि व्यावसायिक आलु खेती हुने गरेको छ । गल्कोट नगरपालिका १ दुदिलाभाटीका एकबहादुर घर्तीमगरले यस क्षेत्रको आलु ग्राहकको रोजाइ र खोजाइमा परेको हुनाले किसानलाई बजार खोज्नु नपरेको बताउनुभयो ।

गतवर्ष ताराखोला, निसीखोला, तमानखोला गाउँपालिका सहित गल्कोट र ढोरपाटन नगरपालिका समेटेर आलु जोन घोषणा गरिएको छ ।

धान खेती नहुने भएकाले यहाँका किसानले आलु बेचेर चामल किन्ने गरेका छन् भने अरु घरखर्ची चलाएर बचत पनि गर्छन् । गाउँमा सडक पुगेपछि ढुवानीको समस्या छैन । हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिकटन आलु उत्पादन हुन्छ ।

त्योमध्ये हिउँदमा २६ हजार ९ सय टन र वर्षात्मा ११ हजार ६ सय ९४ टन आलु बजारमा आउने गरेको कृषि तथ्याङ्क छ । कृषि ज्ञान केन्द्रले यसवर्ष थप क्षेत्र विस्तारको कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत विश्वास काफ्लेले बताउनुभयो ।

भौगोलिक उचाइ र हावापानीले साथ दिएकाले ताराखोला, ढोरपाटन, गल्कोट, निसीखोला, तमानखोला लगायतका क्षेत्रका आलु खानमा मीठो छ । आलुले किसानलाई आत्मानिर्भर मात्रै बनाएको छैन बाग्लुङलाई आलु खेती हुने जिल्लाका रुपमा पहिचान दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP