Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

मेडिकल कलेजको लापरवाहीले कपिलवस्तुकी बालिकाको मृत्यु

भैरहवा, १९ माघ ।

आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा उपचारका लागि मेडिकल कलेजमा पु¥याइएकी ८ वर्षिया बालिकाको ज्यान गएको छ । कपिलवस्तुको  बाणगंगा नगरपालिका–२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे युनिभर्सल मेडिकल कलेज भैरहवामा पु¥याइएकामा आठ घण्टासम्म डाक्टरले नहेर्दा सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण मृत्यु भएको परिवारको आरोप छ ।

नर्सहरुले ५ मिनेटमा डाक्टर आउनु हुन्छ भन्दा भन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको मृतककी ठूली आमा सरु थापाले बताउनु भयो । शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मेडिकल कलेजले मृत घोषणा गरेको थियो । सरुको दावी अनुसार सिकारु नर्सहरुले अन्धाधुन्ध ओभरडोज औषधि दिएका कारण सुविकाकी मृत्यु भएको हो । पेट दुख्ने समस्या देखिएपछि सुविकालाई शुक्रबार कपिलवस्तुबाट बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा पु¥याईएकामा आम्दाले भिडियो एक्सरे गर्ने डाक्टर नभएको भन्दै मेडिकल कलेज रिफर गरेको सरुले बताउनु भयो ।

‘मेडिकल कलेजमा चौबिसै घण्टा डाक्टर हुन्छन्, त्यहां लैजानुस् भनेर रिफर गरेपछि राति १२ बजे विरामीलाई पु¥याएका हौं’–सरुले भन्नुभयो –‘यहाँ ल्याउँदासम्म बच्ची राम्रै अवस्थामा थिइन्, मज्जाले कुराकानी गर्दैथिन्, डाक्टर बोलाउनु भन्दा पांच मिनेटमा आउनु हुन्छ भन्दाभन्दै आठ घण्टासम्म आएनन्, सिकारु नर्सको गलत उपचार र ओभरडोज औषधिले अकालमै ज्यान गयो ।’

भिडियो एक्सरे नगरिकनै, रोग पत्ता नलगाई चारहजार मूल्यको औषधि किनेर खुवाइएको सरुले बताउनु भयो । मृत्यु हुनु आधा घण्टा अघिसम्म पनि सुविकाले आमासंग राम्रोसंग कुराकानी गर्दै ‘भोक लाग्यो खाना दिनुस, मलाई घर लैजानुस्’ भनेको सरुले बताउनु भयो । आठ घण्टासम्म डाक्टर नआएपछि विरामीका आफन्तले डिस्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डिस्चार्ज पनि नदिएको सरुले गुनासो गर्नुभयो ।

‘आठ घण्टासम्म न डाक्टर आएर चेकजांच गरे, न भिडियो एक्सरे भयो न डिस्चार्ज माग्दा दिए’–सरुले भन्नुभयाभे –‘अस्पतालको लापरवाहीले नै बच्चीको मृत्यु भएको भन्ने ठहर भएको छ ।’  सुविका बाणगंगाा बोर्डिङ स्कूलकी २ कक्षाकी विद्यार्थी हुन् । अस्पतालको लापरवाहीले बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले घटनाको छानवीन र दोषीलाई कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्तिको माग राख्दै दवाव दिएपछि मेडिकल कलेजले छानवीन समिति बनाएको छ ।

डा. सञ्जीव रन्जनको संयोजकत्वमा पांच सदस्यीय छानवीन समिति गठन गरिएको र त्यसले विरामीको उपचारको फाइल हेरेपछि प्रतिवेदन बुझाउने मेडिकल कलेजका जन सम्पर्क अधिकारी सुशील गुरुङले बताउनु भयो । ‘हामीले अहिले नै उपचारमा लापरवाही भयो कि भएन भन्न मिल्दैन’–उहाँले भन्नुभयो –‘छानवीन समिति बनाएका छौं, त्यसले दिएको प्रतिवेदन हेरेपछि मात्रै भन्न सक्छौं र गल्ती देखिए कारवाही पनि गर्छौं ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP