Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मेडिकल कलेजको लापरवाहीले कपिलवस्तुकी बालिकाको मृत्यु

भैरहवा, १९ माघ ।

आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा उपचारका लागि मेडिकल कलेजमा पु¥याइएकी ८ वर्षिया बालिकाको ज्यान गएको छ । कपिलवस्तुको  बाणगंगा नगरपालिका–२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे युनिभर्सल मेडिकल कलेज भैरहवामा पु¥याइएकामा आठ घण्टासम्म डाक्टरले नहेर्दा सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण मृत्यु भएको परिवारको आरोप छ ।

नर्सहरुले ५ मिनेटमा डाक्टर आउनु हुन्छ भन्दा भन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको मृतककी ठूली आमा सरु थापाले बताउनु भयो । शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मेडिकल कलेजले मृत घोषणा गरेको थियो । सरुको दावी अनुसार सिकारु नर्सहरुले अन्धाधुन्ध ओभरडोज औषधि दिएका कारण सुविकाकी मृत्यु भएको हो । पेट दुख्ने समस्या देखिएपछि सुविकालाई शुक्रबार कपिलवस्तुबाट बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा पु¥याईएकामा आम्दाले भिडियो एक्सरे गर्ने डाक्टर नभएको भन्दै मेडिकल कलेज रिफर गरेको सरुले बताउनु भयो ।

‘मेडिकल कलेजमा चौबिसै घण्टा डाक्टर हुन्छन्, त्यहां लैजानुस् भनेर रिफर गरेपछि राति १२ बजे विरामीलाई पु¥याएका हौं’–सरुले भन्नुभयो –‘यहाँ ल्याउँदासम्म बच्ची राम्रै अवस्थामा थिइन्, मज्जाले कुराकानी गर्दैथिन्, डाक्टर बोलाउनु भन्दा पांच मिनेटमा आउनु हुन्छ भन्दाभन्दै आठ घण्टासम्म आएनन्, सिकारु नर्सको गलत उपचार र ओभरडोज औषधिले अकालमै ज्यान गयो ।’

भिडियो एक्सरे नगरिकनै, रोग पत्ता नलगाई चारहजार मूल्यको औषधि किनेर खुवाइएको सरुले बताउनु भयो । मृत्यु हुनु आधा घण्टा अघिसम्म पनि सुविकाले आमासंग राम्रोसंग कुराकानी गर्दै ‘भोक लाग्यो खाना दिनुस, मलाई घर लैजानुस्’ भनेको सरुले बताउनु भयो । आठ घण्टासम्म डाक्टर नआएपछि विरामीका आफन्तले डिस्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डिस्चार्ज पनि नदिएको सरुले गुनासो गर्नुभयो ।

‘आठ घण्टासम्म न डाक्टर आएर चेकजांच गरे, न भिडियो एक्सरे भयो न डिस्चार्ज माग्दा दिए’–सरुले भन्नुभयाभे –‘अस्पतालको लापरवाहीले नै बच्चीको मृत्यु भएको भन्ने ठहर भएको छ ।’  सुविका बाणगंगाा बोर्डिङ स्कूलकी २ कक्षाकी विद्यार्थी हुन् । अस्पतालको लापरवाहीले बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले घटनाको छानवीन र दोषीलाई कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्तिको माग राख्दै दवाव दिएपछि मेडिकल कलेजले छानवीन समिति बनाएको छ ।

डा. सञ्जीव रन्जनको संयोजकत्वमा पांच सदस्यीय छानवीन समिति गठन गरिएको र त्यसले विरामीको उपचारको फाइल हेरेपछि प्रतिवेदन बुझाउने मेडिकल कलेजका जन सम्पर्क अधिकारी सुशील गुरुङले बताउनु भयो । ‘हामीले अहिले नै उपचारमा लापरवाही भयो कि भएन भन्न मिल्दैन’–उहाँले भन्नुभयो –‘छानवीन समिति बनाएका छौं, त्यसले दिएको प्रतिवेदन हेरेपछि मात्रै भन्न सक्छौं र गल्ती देखिए कारवाही पनि गर्छौं ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP