Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

अस्पतालकाे अवस्था सुधार गर्न स्थानीय युवाले बुझाए ज्ञापन पत्र

कपिलवस्तु

कपिलवस्तुको बहादुरगन्जमा रहेको शिवराज अस्पतालको अवस्था सुधार गर्न स्थानीय युवाहरूले ज्ञापन पत्र बुझाएका छन । नेपालकै दाेस्राे अस्पताल शिवराज अस्पताल सबैभन्दा पुरानो भएपनी सेवा सुविधा प्रभावकारी नभएको र चिकित्सकले लापरबाही गरेको भन्दै स्थानीय युवाहरूले ज्ञापन पत्र बुझाएका छन ।

कृष्णनगर नगरपालिका ९ बहादुरगंजमा रहेको शिवराज अस्पताल व्यावस्थित तथा उपचारमा नागरिकको पहुच पुर्याउनको लागि स्थानिय युवाहरूले अस्पताल विकास समितिका अध्यक्ष तथा कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहलाई ज्ञापन पत्र बुझाएका छन ।

स्थानीय युवाहरुले एक दर्जन माग सहित नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन । केही दिन पहिले शिवराज अस्पतालका चिकित्सकको कमजोरीले एक बालकको ज्यान गएपछि स्थानीय आक्रोशित भएका थिए ।

स्थानीय युवाहरूले अस्पतालमा दरबन्दि अनुसारकाे डक्टर तथा स्वास्थ्यकर्मी काे व्यावस्था हुनु पर्ने, शर्पडन्स उपचारकाे लागि दक्ष जनशक्ति तथा औषधी, उपकरणकाे व्यावस्था हुनु पर्ने माग राखेका छन ।

स्थानीयले अस्पतालकाे ईम्रेजेन्सि वाडमा कैचि नभएकाे कारण एक वालककाे मृत्यु भएकाे हुनाले ईमेरजेन्सि वाडमा अवस्यक्ता भएकाे उपकरणकाे तत्काल व्यवस्था गर्नु पर्ने माग सहित ज्ञापन पत्र बुझाएको स्थानीय युवा शुसिल गुप्ताले जानकारी दिनु भयो ।

अस्पताल भित्रका कार्मचारि समयमा तथा व्यवस्थित तरिकाले डिउटी गर्नु पर्ने, अस्पतालबाट उपलब्ध हुने निशुल्क औषाधी उपलब्ध गराउनु पर्ने, अस्पताल परिसर भित्र जाड रक्सि गुटखा निषेधित गर्नु पर्ने माग राखेका छन ।
अस्पतालकाे फर्मेशीमा प्रयाप्त मात्रमा औषाधीकाे व्यावस्था मिलाउनु पर्ने माग राखिएको स्थानीय युवा नवाब शाहले जानकारी दिनु भयो ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख रजत प्रताप शाहले अस्पताल प्रती स्थानीयले देखाएको चासो प्रती धन्यवाद ब्यक्त गर्नु भयो । अस्पताल सुधारको लागि सबैले हातेमालो गर्नु पर्ने शाहले बताउनु भयो । स्थानीयले बुझाएको ज्ञापन पत्र अनुसार अस्पतालको सुधार हुने शाहले जानकारी दिनु भयो ।

अस्पताल व्यावस्थापनमा नगरप्रमुख रजत प्रताप शाहले अस्पतालमा दरबन्दी अनुसारको कर्मचारि व्यवस्थित गर्ने ,नेपाल सरकारले भने अनुसार ७१ प्रकारको औषाधी निशुल्क उपलब्ध गराउने,भएको कमि कमजोरी छिटै समाधान गर्ने लगायतका प्रतिबद्दता व्यक्त गर्नु भएको स्थानीय युवा सुनिल उपध्यायले जानकारी दिनु भयो ।

बहादुरगंजका बदरेआलम शाह, रवि उपाध्याय, मकबुल जिलानी लगायत युवाहरू ज्ञापन पत्र बुझाएका थिए। हेर्नुस ज्ञापन पत्र

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP