Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

शिवराजमा गुणस्तरीहिन सडक, पाच महिनामै १७ लाखको सडक भासियो,

कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको वहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवा देखि सुन्दरपुर स्कुल सम्मको अधिकांश सडक भासिएको छ । २ सय ८७ मिटर लम्बाईको उक्त सडक भासिन र भत्किन थालेपछि स्थानियहरुले नगरपालिका माथि प्रश्न उठाउन थालेका छन् । नगरपालिकाको झण्डै १७ लाखको लागतमा निर्माण भएको उक्त सडक गुणस्तरीहिन बन्दा नगरपालिकाले भने अहिले सम्म चासो दिएको छैन् । जनताको करको रकम यसरी कालोपत्रेको नाममा चरम दुरुपयोग र भद्दा मजाक देखिएको छ ।
निर्माण सम्पन्न हुँदा देखि नै सडक भासिन थालेको स्थानिय लगुं थारुले बताउनुभयो । सडकमा कमसल सामाग्री प्रयोग हुदाँ सडक भासिएको छ,विकासको नाममा गुणस्तरीहिन सडक निर्माण गर्नु गलत हो, थारुले भन्नुभयो । नया माटो पटानका कारण भासिएको हुन सक्ने नगपालिकाका प्राविधिक बसन्त पन्थीले बताउनुभयो । “सडक भासिएको कुरा आएको छ, त्यो सडक निर्माण कम्पनिले पुन सडक बनाउने छ, पन्थिले भन्नुभयो ।
निर्माण कम्पनी खनाल निर्माण सेवाले भने स्टिमेट अनुसार नै काम गरेको जनाएको छ । निर्माण कम्पनीका खिमलाल खनालले गुणस्तरीय सडक बनेको दावि गरेका छन् । यसरी निर्माण भएको पाँच महिनामै सडक भत्किदा नगरपालिकाककै मिलोमत्तोमा कमसल सामाग्री प्रयोग गरिएको नागरिकहरुले आंशका गरेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP