चोरीको मोटरसाइकल सहित वडा अध्यक्षका छोरा पक्राउ

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चोरी भएको मोटरसाइकल सहित १ जना पक्राउ गरेको छ । पक्राउ हुनेमा यशोधरा गाउँपालिका ५ लोहरौलीका वर्ष २१ का तौफिक पठान रहेका छन् ।

पठानले कपिलवस्तु नगरपालिका १ बस्ने नेपाली कांग्रेसका जिल्ला नेता मोहम्मद असरद वाजिहको बा ७२ प ६३११ नम्वरको १५० सिसिको पल्सर बाइक चोरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भयो ।

वाजिहको मोटरसाइकल जेठ २४ गते हराए पछि खोजलतासका लागि प्रहरीमा निवेदन दिएका थिए । चेकिङका क्रममा काजग पत्र नभेटिए पछि च्याचिस नम्वर र इन्जिन नम्वर भिडाउने क्रममा चोरी भएको मोटरसाइकल रहेको खुलेको थियो ।

पक्राउ परेका पठानलाई चोरी मुद्धामा थप अनुसन्धान भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बनाउनु भयो । पक्राउ भएका पठान यशोधरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लाइस पठानमा छोरा हुन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP