Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

हिन्दु धर्ममाथि प्रहार गर्ने बाबुरामलाई संसदमै नसिहत, आइन्दा गल्ती नदोहोर्याउन चेतावनी

काठमाडौं । हिन्दु धर्ममाथि प्रहार गर्ने जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई संसदमै नसिहत दिइएको छ ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले हिन्दु धर्ममाथि प्रहार गर्ने काम नगर्न नसिहत दिएका छन् ।

पूर्वप्रधानमन्त्री भइसकेको, पढेलेखेको व्यक्तिले पदीय मर्यादाले पनि यस्तो चिप कुरा गर्न नसुहाउने भन्दै सांसद शाहले आइन्दा यस्तो गल्ती नदोहोर्याउन चेतावनी दिए । ‘यो देश सबै धर्मको हो ।

हामीले सबै धर्मको इज्जत गर्ने गरेका छौं । सबै धर्मलाई उतिकै सम्मान हुनुपर्छ भन्ने हाम्रो धारणा हो । तै पनि उहाँजस्तो पढालेखा सिनियर व्यक्तिले त्यस्तो अभिव्यक्त दिइसकेपछि पुरै नेपालमा हिन्दुहरु एकदमै आक्रोशित छन् । यस्ता टिप्पणी आइन्दा नआओस् । म सचेत गराउन चाहन्छु,’ उनले भने ।

बकर इदका दिन बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमा योगी आदित्यनाथले गंगामा दुध चढाउँदै गरेको तस्विर शेयर गर्दै अन्धविश्वास खतरनाक हुने र दुध फाल्ने र गहुँत खाने गरेको भन्दै खिल्ली उडाउँदै हिन्दुहरुको आस्थामाथि चोट पुर्याउने काम गरेका थिए ।

उनको यो कदमविरुद्ध देशभर आन्दोलन भएको थियो भने मधेसमा पुत्ला जलेको थियो ।

साउने सोमवार पारेर हिजो मात्रै पशुपतिनाथमा सयौ लिटर दुध चढाएर बाबुरामलाई काउन्टर दिइएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP