गुल्मीमा जीप दुर्घटनामा ३ जनाको मृत्यु (सुचीसहित)

साउन । गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शान्तिपुरबाट सदरमुकाम तम्घासतर्फ गइरहेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका ४ दोभानमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

जीपमा ११ जना सवार भएकोमा ८ जना घाइते छन् । जीप सडकबाट ५ सय मिटर भीरमा खसेको थियो ।

मृत्यु हुनेहरुमा चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका तेजेन्द्र खत्री, चन्द्रकोट गाउँपालिका हरेवाका रेशम कार्की र रेसुङ्गाकी सुनिता बिक भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गोकुल भण्डारी, रमिला भण्डारी र मुना भण्डारीको स्थिति गम्भीर भएकाले पाल्पा लगिएको छ ।

मृत्यु भएकाहरुको नामावली

जेन्द्र खत्री, वर्ष ४५
रेशम कार्की, वर्ष ४४
तेजेन्द्र कार्की, वर्ष ६२

तस्बिर स्रोतः गुल्मीन्युज डट कम

    Tags:

1137 Shares