काठमाण्डाै – कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।
कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेकाे समाचार संस्था ‘अरब टाइम्स’ ले जनाएको छ ।
बालुवा र गिट्टीकाे थुप्राेमा पुरिएका अन्य तीन जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । घाइते तीन जनाकाे जाहारा अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख छ ।
चिनियाँ कम्पनीले काम गरिरहेको निर्माणस्थलमा बालुवा गिट्टीको थुप्रो खस्दा दुर्घटना भएको हो । ज्यान गुमाएका र घाइते भएकाहरुको पहिचान भने खुलेको छैन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया