राष्ट्रिय मावि चन्द्रौटालाई शिक्षामा थप गुणस्तरीयता ल्याउन सुझाव

माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु
शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको राष्ट्रिय मावि चन्द्रौटाले शिक्षामा थप गुणस्तरीयता ल्याउने सुभाmव दिएका छन् । विहिवार विद्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममाल बोल्ने वक्ताहरुले शिक्षा गुणस्तरीय भएमा अन्य सबै विकास गर्न सकिने बताएका छन् । विद्यालयका प्रधानाध्यापक बलदेव लामिछानेले विद्यालयमा शिक्षण सिकाई थप गुणस्तरीय बनाउने दावी गर्नुभयो ।

विद्यालयमा भौतिक निर्माण अन्य काममा विकास भइरहेको बताउँदै सबै शिक्षकहरुको सहयोगमा सिकाई प्रभावकारी तरिकाले संचालन गरिने जनाउनुभयो । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना,गुणस्तरीय सुधार अनुदान अन्तरर्गत २७ वटा कम्प्युटर,३ वटा ल्यापटप,३ वटा प्रोजेक्टर,साउण्ड सिस्टम जेनेरेटर खरिद गरिएको छ ।

२६ लाख ३७ हजारको लागतमा सम्पन्न उक्त योजनाले विद्यार्थीहरुको शिक्षण सिकाईमा सहज हुने विश्वास रहेको छ
कार्यक्रममा शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यालय भौतिक विकास सगै शिक्षण सिकाईमा पनि ध्यान दिन आग्रह गर्नुभयो । राष्ट्रिय मावि विद्यालयको रोजाई हुनुपर्ने बताउँदै यसमा शिक्षकहरु भुमिका हुने बताउनुभयो ।

    Tags:

1424 Shares