Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कपिलवस्तुका ४१ बार्षिय थारु युवा बंगुर पालन व्यवसायमा रमाउँदै ।।

राम अवतार चौधरी
कपिलवस्तुर २ फागुन ।

करिब २ दशक विदेशको बसाई पछि स्वादेश फर्किएका ४१ बार्षिय थारु युवा बंगुर पालन व्यवसायमा रमाउँदै आएका कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३, मदवा निवासी रमेश थारु सँग थारु भाषामा गरिएको कुराकानी नेपाली भाषामा ट्रान्सलेट प्रस्तुत छ ;

१. दाजु तपाईले बंगुर पालन व्यवसाय किन रोज्नु भयो ?
 आज भन्दा करिब २१ बर्ष पहिले म कतार गएको थिए त्यहाँ धेरैे दुस्ख भोगर ४ बर्ष पश्चात् म घर अर्थात् नेपाल फर्किएको थिएँ । अनि विदेशबाट फर्किएको लगभग २ बर्ष पछि विचार गरेँ विदेश गएर अर्कोको देशमा कति पसिना बगाउनु अब आफ्नै देशमा केही गर्न र्पयो भनेर यो व्यवसाय रोजेँ ।

२. तपाईले यस व्यवसायमा लाग्न कसरी उत्प्रेरणा पाउनुभयो ?
 म यस व्यवसायमा लाग्न कतैबाट तालिम लिएको छैन् यस्तै गाउँघरमा साथी भाईले पालेको देख्दा लोभ लागेर आएको थियो । हो त्यही लोभले म पनि कस्तो हुँदो रहेछ भनेर ३ वटा जति बंगुर पालेर सुरुवात गरेको थिए । यस्तै गर्दै जाँदा २०७३ सालमा रु.३० हजार नगरपालिकाबाटअनुदान प्राप्त गरे त्यसले मलाई झनै उत्प्रेरण भयो । गर्दै जाँदा फेरि २०७५ सालमा करिब रू.४ लाख अनुदान पाए पश्चात् हाल माउ बंगुर सहित ३० वटा छन् । विस्तारै बंगुर संख्या बढाउँदै गए बजारका व्यापारीसँग नजिकै गए अनि बजार व्यवस्थापनमा सहज भयो र हेरचाह गर्न पनि धेरै समय न लाग्ने घरको अरु थप काम गर्न सरल लाग्यो । त्यसपछि इन्टरनेटको सदुपयोग गर्दै युटुवमा हेरेर धेरै कुरा सिकेको छु ।

३. घरमा तपाई कति परिवार हुनुहुन्छ अनि यस व्यवसायले जिविका चलाउँन कतिको सहज अथवा समस्या के भइरेहे छ ?
 तिन वटा बच्चा, बुवा र श्रीमती सहित घरमा हामी ६ परिवार छौँ । व्यवसायले गर्दा परिवार पालन एकदमै सहज भएको छ ।

४. मासिक वा बार्षिक कति आम्दानी गर्नुहुन्छ ?
 यस पेशामा कतिमा एक बर्ष जति पर्खिनु पर्छ त्यसैगरी बीचमा दाना लगायत अन्य क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ । तर्सथ यसमा बर्षिक करिब ८ लाख जति मैले आम्दानी गर्ने गरेको छु ।

५. तपाईले सुरुमा यो पेशामा लाग्दा बंगुरका बच्चाहरू कहाँबाट ल्याउनु हुन्थ्यो र अहिले कहाँबाट ल्याउनु हुन्छ ?
 सुरुवात मैले यहि शिवराज नगरपालिका भित्रैबाट सुरुवात गरेको थिए । र अहिले दाङ लगायतका स्थानबाट बच्चाहरू ल्याने गरेको छु । त्यसबाट मलाई राम्रो आम्दानी भएको छ ।

६. त्यसो भए बंगुर कति प्रकारका हुन्छन् ?
 मैले जाने अनुसार चुच्चे, खेदहा, दिउरो, लेन्ड्रेस र बख्रीबस गरि ५ प्रकारका हुन्छन् ।

७. दिनमा तपाईले बंगुर फर्म तिर कति समय दिए र घरको अन्य काममा परिवारलाई सघाउनु भएको छ ? साथै यसमा घर परिवारको सर्पाेट छ ?
 म दिनको करिब ४ घण्टा जति बंगुर तिर समय दिएर घरको अन्य काम लगायत सामाजिक काममा समेत अग्रसर भएको छु । मेरो घर परिवारको एकदमै राम्रो साथ छ ।

९. तपाई बंगुर पेशामा रमाउँदै गर्दा तपाईंको आफ्नताजन स्तमित्र अथवा छरछिमेकीले कुन दृष्टिले हेर्ने गरेका छन् ?
 समग्रमा भन्नू पर्दा एकदमै राम्रो दृष्टिकोणले हेर्ने गरेका छन् अधिकांशले थारु समुदाय लगायत अन्य समुदायका लागि एक उदाहरणीय काम गरे यसबाट अरुले केही सिक्नु पर्ने बताएका छन् भनि प्रोत्सहन समेत दिने गर्छन् त कोहीले फोहरी काम गरेको पनि भन्छन् ।

१०. यदि तपाईलाई सम्बन्धित निकाय वा स्थानीय सरकारबाट तपाईले सहयोग पाए कस्तो बनाउने सोंच छ ?
 कतैबाट सहयोग प्रदान भए आफ्नो व्यवसायलाई विस्तार गरि गाउँघरका युवाहरूलाई रोजगार दिने र सिपमुलक कृषिको विकास गरि आत्मनिरभर बनाउने सोंचमा छु । धन्यवाद !

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP