Trending
flash गौरव खन्नाले जिते ‘बिग बोस १९’को ‘टाइटल’ अन्तर्राष्ट्रिय गोवा नाइट क्लब आगलागी – चार नेपालीसहित २५ जनाको मृत्यु समाज घाँटी रेटेर चार महिने छोराको हत्या समाज बालबालिकाको पालनपोषण, संरक्षण, स्वास्थ्य र शिक्षा लगायतका आधारभूत आवश्यकताको व्यवस्था समाज सुनीता कार्कीले खानामा विष मिसाउँदा काकीसासू ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु समाज नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन समाज १२ वर्षीया बालिकामाथि बलात्कार पोल खुल्ने डरले हत्या स्वास्थ्य डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन राजनीति मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ समाज गत वर्षकोभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्नसक्ने प्रक्षेपण

इराककाे राजधानी बगदादमा अमेरिकी दूतावास नजिक फेरि रकेट आक्रमण

काठमाण्डौ – इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासलाई निसाना बनाउँदै फेरि रकेट आक्रमण भएको छ ।

अमेरिकी सैन्य सूत्रका अनुसार यो आक्रमण अमेरिकी सम्पत्तिमाथि क्षति पुर्‍याउनु थियो । यद्यपि कति वटा रकेट प्रहार भएको थियो र के कति क्षति पुगेको छ भन्ने बारेमा स्पष्ट भइसकेको छैन ।

एएफपीका सम्वाददाताले ग्रीन जोन नजिक एअरक्राफ्ट सर्किलिंग नजिक कैयौँ विस्फोटको आवाज सुनेको बताएका छन्, जहाँ अमेरिकी मिसन रहेको छ ।

गएको अक्टोबर २०१९ पछि यो १९औँ आक्रमण थियो । यसअघि पनि अमेरिकी दूतावासलाई निसाना बनाउँदै आक्रमण हुँदै आएको थियो ।

गएको महिना उत्तरी इराकमा भएको यस्तै आक्रमणमा अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो । त्यसपछि अमेरिकाले गरेको कारबाहीमा २५ जना लडाकु मारिएका थिए ।

पछिल्लो समय अमेरिका–इरानबीच विवाद बढ्दै गएको छ । अमेरिकाले बगदादमा ड्रोन आक्रमणबाट इरानका प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका–इरान तनाव उत्कर्षमा छ ।

६२ वर्षीय सुलेमानी इरानका शीर्ष नेता आयातुल्लाह खामेनेयी पछिका इरानका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP