स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै डा. केसीद्वारा अनशन थाल्ने घोषणा

काठमाडौं, २२ साउन । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग राख्दै अनशन थाल्ने घोषणा गरेका छन् । उनले आगामी भदौ ३ गतेबाट अनशन सुरु गर्ने घोषणा गरेका हुन् । आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेका छन् । त्यस्तै, यसअघि सरकारसँग भएका सहमति तथा सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।

डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समय सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरू कसरी धराशायी बनाइएको छ भन्ने उदाहरण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न पुगेको छ, निजी मेडिकल कलेजका सञ्चालकलाई प्रतिष्ठानको उपकुलपति बनाएर पठाउँदा उनले कसरी निजी संस्थाहरूलाई पोस्न प्रष्तिष्ठान डुबाएका छन् भन्ने अब छरपस्ट भइसकेको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP