Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

संक्रमण बढेसंगै एयर लिफ्टिङको माग बढ्न बढ्यो

काठमाडौं, साउन २३। कोरोना संक्रमण बढेसंगै पुनः एयर लिफ्टिङको माग बढ्न थालेको छ। कोभिड संक्रमणका बिरामीलाई अस्पताल लैजान हवाइ उद्धारको माग पुनः बढ्न थालेको हो ।

एक सातायता सिम्रिक, कैलाश, श्री, अल्टिच्युड, हेलि एभरेष्ट, एयर डाइनेष्टी, मनाङ, माउन्टेन, फिस्टेल लगायतका हेलिकोप्टर कम्पनीमा एयर लिफ्टिङका लागि मात्र दैनिक दर्जनभन्दा बढी फोन आउन थालेको बताएका छन् ।

विभिन्न जिल्लामा कोरोनाका बिरामीको उद्धारका लागि विशेष उपकरण र चिकित्सक टोलिसहितका हेलिकोप्टर चार्टड गर्नेको संख्या बढ्दै गएको व्यवसायीले जनाएका छन्।

राजधानीसहितका अस्पतालमा कोरोनाका विमारीको चाप बढ्दै जाँदा देशका विभिन्न ठाउँबाट संक्रमितलाई ओसार्न हेलिकप्टर कम्पनीले बुकिङको माग बढ्दै गएको बताएका छन् ।

हेलिकप्टर कम्पनीहरुले बिरामी उद्धारको शुल्क प्रति उडान घण्टा सरदर १२ सय अमेरिकी डलर देखि १५ सय अमेरिकी डलर सम्म लिने गरेका छन्।

यसअघि कोरोनाको दोस्रो लहर उत्कर्षमा रहँदा काठमाडौंबाट हेलिकप्टरले बिरामी चितवन र झापाका अस्पतालसम्म ओसारेका थिए। यतिबेला भने उपत्यकाका अस्पतालमै बिरामी ल्याइरहेका छन्। हाल नेपालमा ११ वटा हेलिकप्टर कम्पनीहरु रहेका छन् ।

aसरदर दिनमा दुई देखि चारसम्म कोरोनाक विमारीको हेलिकप्टरबाट उद्वार हुन थालेको सम्बन्धीत कम्पनीहरुले बताएका छन् । बाढी, पहिरो तथा लामो दूरी र विमारीको अवस्था जटिल बन्दै जाँदा हेलिकप्टरबाट विमारी ओर्सान सहज हुने कम्पनीहरुको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP