Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे

वाग्मती, २३ साउन: मकवानपुरमा गत आर्थिक वर्ष २०७७-७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष तथा पाँच हजार ९३६ महिला छन् ।

अघिल्लो आव २०७६-७७ को तुलनामा २०७७-७८ मा चार हजारभन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेको बताइएको छ । अघिल्लो आवमा सात हजार ९१८ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेका थिए । साथै सो कार्यालयले गत आवमा नौ हजार ४०० लाई प्रतिलिपि नागरिकता जारी गरेको थियो ।

यसैगरी उक्त कार्यालयबाट गत आवमा पाँच जनालाई वैवाहिक अङ्गीकृत नागरिकता र अघिल्लो आवमा नौ जनाले अङ्गीकृत वैवाहिक नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सो अवधिमा कार्यालयबाट १०८ नाबालक परिचयपत्र जारी भएको थियो ।

त्यसैगरी उक्त कार्यालयमा विगत तीन वर्षको अवधिमा राहदानी लिनेको सङ्ख्यामा कमी आएको छ । गत आव २०७७-७८ मा राहदानी बनाउने साधारणतर्फ तीन हजार ७८० तथा द्रुत सिफारिसतर्फ एक हजार ९३१ रहेको जनाएको छ । राहदानी बनाउन दिएकामध्ये दुई हजार २०९ लाई राहदानी वितरण भएको छ । साथै एक हजार २५६ थान राहदानी वितरण गर्न बाँकी रहेको छ ।

आव २०७६-७७ मा चार हजार ३७४ ले साधारणतर्फ र द्रुततर्फ दुई हजार ९५१ ले राहदानी बनाउने सिफारिस भएको थियो । यस्तै आव २०७५-७६ मा राहदानी बनाउन पाँच हजार ९७२ को साधारण सिफारिस र पाँच हजार ९८ को द्रुत सिफारिस भएको थियो । विगत तीन आवको तुलना गर्दा जिल्लामा राहदानी बनाउनेको सङ्ख्या घट्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमणको कारण वैदैशिक रोजगारीमा जाने वातावरण नबनेको हुनाले राहदानी बनाउनेको सङ्ख्या कमी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP