Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

‘कांग्रेस महाधिवेशन मङ्सिरमा गरौँ’

काठमाडौं, साउन २४ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको १४औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव गरेका छन् । उनले कोभिड–१९ को समस्या पनि छ, त्यसैले मङ्सिरमा गरौँ भनेर पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर यस्तो प्रस्ताव राखेको बताए ।

महामन्त्री कोइरालाले भने, ‘‘साउन २८ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सबै विषयमा छलफल हुनेछ, स्वाभाविक नै छ, त्यस बैठकमा पार्टीको महाधिवेशनको नयाँ कार्यतालिका विषयमा समेत छलफल हुनेछ ।’’ क्रियाशील सदस्यको विवाद मिलाउने कुरा पनि त्यतिबेला टुुङ्गिने विश्वास व्यक्त गर्दै महामन्त्री कोइरालाले भने, ‘‘संवैधानिक र कानुनी व्यवस्थाका विषयमा हामी छलफल गर्नेछौँ । तल्लो तहदेखि माथिल्लो तहसम्म पूरै अधिवेशन गराउँछौँ ।’’

स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ भने केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका भदौ १६ गतेबाट हो । यस विषयमा उहाँले भदौ १६ मा सम्पन्न गर्न कठिन छ, कोरोना झन् बढ्दै छ, त्यसैले केन्द्रीय कार्यसमितिले नयाँ कार्यतालिकाका विषयमा निर्णय गर्ने जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भने भदौ १६ मै पार्टीको १४औँ महाधिवेशन उद्घाटन गर्न चाहेको धारणा राख्दै आएका छन् । मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको विषयमा राखिएको जिज्ञासामा महामन्त्री कोइरालाले प्रधानमन्त्रीसँग यस विषयमा छलफल भइरहेको जानकारी दिँदै एकरदुुई दिनमै मन्त्रिपरिषद् विस्तार हुने विश्वास प्रकट गरे ।

संविधान र कानुुनले कोरोनालाई चिन्दैन । नेपालको संविधानको धारा २६९ मा संविधानमा भएको व्यवस्थालाई राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा थप व्याख्या गरिएको छ । पाँच वर्ष ६ महिनाभित्र पनि दलको अधिवेशन हुन नसकेमा ५० हजार जरिवाना तिरेर अरू छ महिनाभित्र अधिवेशन गर्न आयोगले निर्देशन दिन सक्ने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा नारद गौतमले खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP