हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु – किरण गजमेर

काठमाण्डाै – ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले शरणार्थी नागरिकका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका छन् । उपाधिको छिनोफानो भएसँगै हिजाे भएको कार्यक्रममा उनले आफूले जितेको रकमबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । 

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा पाएको दु:ख कष्ट सम्झँदै उनले उपचार नपाउँदा हजुरआमालाई गुमाएको भन्दै एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने – ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’

उनले बिरामी भएका बेला एम्बुलेन्सलाई घण्टौँ कुर्नु पर्ने बाध्यता रहेकाले धेरैले उपचार नपाउने गरेको पनि बताएका छन् । विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै उनले भनेका छन् : ‘ट्रफी त लैजान्छु नै । जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिन्छु । अनि जितेकाे पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र पैसा बाँकी रहे कोरोना विरुद्धको खोप लगाउनबाट वञ्चित भएकाहरुलाई सहयोग गर्छु ।’

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनोफानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपालको उपाधि जितेका हुन्। 

किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् । अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP