Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

रियल म्याड्रिड र एसी मिलानको बराबरी

काठमाडौं, साउन २५ । रियल म्याड्रिड र एसी मिलानले प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । अष्ट्रियामा भएको खेलमा म्याड्रिड र मिलानले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन बाध्य भए । खेलको पाँचौ मिनेटमा थियो हर्नान्डेजले गरेको प्रहार पोस्टमा लागेर फर्किदा मिलानले अग्रता लिने मौका गुमाएको थियो । ३२ औं मिनेटमा डेभिड अल्बाले डि-बक्स बाहिरबाट गरेको प्रहार विपक्षी गोलकिपर मैग्नानले बचाए ।

४१ औं मिनेटमा गेरेथ बेल पेनाल्टीमा चुक्दा म्याड्रिडले खेलमा अगाडि बढ्ने मौका गुमायो । बेललाई कालाब्रियाले डि-बक्स भित्र लडाएपछि म्याड्रिडले पेनाल्टी जितेको थियो । ५२ औं मिनेटमा मोड्रिकले हालेको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । ६७ औं मिनेटमा मिलनका डियाजले हानेको प्रहार लुलिनले बचाए । ८८ औं मिनेटमा मिगुएलको पासमा अरिबासले गरेको प्रहार आकासिदा खेल ०-० गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP