Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

नेपालमा कोरोनाविरुद्धको कुन खोप कतिले लगाए

२५ साउन । नेपालमा हालसम्म कोरोना भाइरसविरुद्ध खोपहरुमा कोभिसिल्ड, भेरासेल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारका उपलब्ध भएका छन् । जापान र भुटानबाट ल्याइएको एष्ट्राजेनिका आज (साउन २५) गतेबाट लगाउने कार्यक्रम रहेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्राका रुपमा ‘एस्ट्राजेनिका खोप आज र भोलि दिन लागेको हो ।

कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउन फरक नपर्ने जनाउँदै कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाउने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार सम्ममा देशभर कोभिसिल्डको पहिलो मात्रा लगाउनेको संख्या १ करोड ८६ लाख ८ हजार ४ सय २५ रहेको छ । गत २४ घन्टामा ३९ हजार ९ सय ४१ जनाले पहिलो खोप लगाएका छन् भने दोस्रो खोप लगाउनेको संख्या ५ लाख २४ हजार ६ सय ५९ पुगेको छ । पछिल्लो २४ घन्टामा ३४ हजार ३५१ जनाले कोभिसिल्डको दोस्रो खोप लगाएका छन् ।

त्यस्तै, चीनमा उत्पादन गरिएको भेरोेसेल खोपको पहिलो मात्रा हालसम्म २ करोड ६२ लाख ५ हजार ४४ जनाले लगाइसकेका छन् । गत २४ घन्टामा ११ हजार ७ सय ६ जनाले लगाएका छन् । त्यस्तै, दोस्रो खोप ८ लाख ८९ हजार ८ सय ३ जनाले लगाएको मन्त्रालयले जनाएको छ । खोपको दोस्रो मात्रा २४ घन्टामा ५५ हजार ६ सय २९ जनाले लगाएका छन् ।

कोरोनाविरुद्धको अमेरिकामा उत्पादन भएको जोन्सन एण्ड जोन्सन खोप बितेको २४ घन्टामा १२ हजार ४०९ जनाले लगाएका छन् । हालसम्म देशभर १० लाख ७७ हजार ७ सय २० जनाले लगाएको मन्त्रालयको तथ्याकंमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP