Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

देउवाविरुद्ध पौडेल आक्रामक, २३ भदौपछि कठोर कदम चाल्दै

काठमाडौं, २५ साउन । नेपाली काँग्रेसको भदौमा तोकिएको महाधिवेशन सर्ने निश्चित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले विहानै फेसबुकमा देउवामाथि पार्टीलाई भीख माग्ने अवस्थामा पुर्याएको आरोप लगाए ।

यसअघि २३ भदौपछि देउवा काँग्रेस सभापति नरहने टिप्पणी गर्दै आफूले पनि सभापति नमान्ने चेतावनी दिएका थिए । एकपछि अर्को आक्रामक अभिव्यक्ति दिएका पौडेलले आज जिल्ला सभापतिहरुको भेला डाकेका छन् । भेलामा ३५ जिल्ला सभापति प्रत्यक्ष र १२ जना भर्चुअल माध्यमबाट सहभागी छन् ।

जिल्ला सभापतिसँग परामर्श गरेपछि पौडेलले साँझ केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । आफू पक्षीय जिल्ला सभापति र केन्द्रीय सदस्यहरुको भेला डाकेर पौडेलले शक्ति प्रदर्शन गरेका छन् । उनले भदौ २३ पछि कडा कदम चाल्नेबारे पनि छलफल गरेका छन् ।

बैठकमा पौडेलले २३ भदौ पछि संविधान अनुसार पनि पार्टीको कार्यकारिणीलगायत १३औं महाधिवेशनबाट निर्वाचित कमिटी स्वतः नरहनेबारे सुनाएका थिए । त्यसपछि कसरी अगाडि बढ्नेबारे उनले परामर्श गरेका थिए । देउवालाई २३ भदौपछि सभापति मान्न नसकिने समेत स्पष्ट पार्दै पौडेलले गम्भीर अवस्था आउनसक्ने औल्याएका छन् ।

पार्टी नै खारेजीको अवस्थामा पुगेकाले देउवा निर्वाचन आयोगमा पुगेको विषय पनि पौडेलले बताएका छन् । उनले देउवामाथि पार्टीलाई निकै कमजोर अवस्थामा पुर्याएको आरोप लगाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP