Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

हिन्दू धर्ममाथि अक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुकाे विराेध शुरु

लाहोर ।पाकिस्तानमा हिन्दु मन्दिर ताेडफाेड गरेकाेप्रति नेपाल मानवअधिकार संगठनले आपत्ति जनाई आवश्यक कार्यवाहीकाे माग गरेकाे छ । पाकिस्तानको पञ्जाब बुधबार एउटा स्थानीय मदरसामा आठ वर्षीय हिन्दू बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर, अदालतले उनलाई रिहाइ गर्न आदेश दिएपछि रहिम यार खान जिल्लाको भोंग सहरमा सयौं मुस्लिमहरुले बालकको रिहाइकाे विरोध गर्दै हिन्दू मन्दिरमा तोडफोड गरेका थिए। साे घटनाबारे नेपाल लगायत विश्वका विभिन्न हिन्दु संगठनहरुले भ्रत्सना गरेका छन साथै कुनैपनि धर्ममाथि अघात गर्नु मानव अधिकारकाे हनन गर्नु नै रहेकाले यथाशीघ्र कार्यवाही गर्न माग गरिएकाे छ ।

‘हामीले घटनामा संलग्न रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं’, रहिम यार खानका जिल्ला प्रहरी अधिकारी (डीपीओ) असद सरफराजले भने । भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको पहिचान गरिरहेको हुनाले आगामी दिनहरुमा थप केही व्यक्ति पक्राउ पर्ने उनले बताए । उनले मन्दिर तोडफोड गरेको आरोपमा १५० जनाभन्दा बढीविरूद्ध आतंकवाद र पाकिस्तान दण्डसंहिताको विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिए। ‘हामी यो अपराधमा संलग्न प्रत्येक संदिग्धलाई पक्राउ गर्नेछौं।

सर्वोच्च अदालतको आदेशमा मन्दिरको जीर्णोद्धारको काम सुरु गरिएको छ,’उनले भने। यस्तै सर्वोच्च अदालतका मुख्य न्यायाधीश गुलजार अहमदले शुक्रबार भएको घटना रोक्न असफल भएको भन्दै प्रहरीको आलोचना गरेका छन्। उनले आठ वर्षीय बालक पक्राउप्रति पनि आपत्ति जनाएका छन्। नाबालिगहरुको मानसिक क्षमता बुझ्न असमर्थ रहेको भन्दै उनले प्रहरीको आलोचना गरेका छन्। यता नेपालमा हिन्दु मन्दिर ताेडफाेडकाे भिडियाे भाइरल हुदा हिन्दु परिषद नेपाल लगायतका हिन्दुबादी संगठनहरुले विराेध प्रदर्शन शुरु गरिरहेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP