असोजभित्र ३३ प्रतिशतलाई खोप

काठमाडौं, साउन २६ । नेपालमा आगामी असोजभित्र एकतिहाइभन्दा बढी जनसंख्याले कोभिड १९ विरुद्ध दुवै डोज खोप लगाइसक्ने परिवार कल्याण महाशाखाले जनाएको छ। हालसम्म आयात भइसकेका खोप र असोजभित्रै आइपुग्ने सुनिश्चित भइसकेको खोपको डोजका आधारमा महाशाखा यो निचोडमा पुगेको हो।

हालसम्म नेपालमा एक करोड डोज खोप आइसकेको छ भने असोजभित्र थप ९० लाख डोज आउनेछ। अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत थप १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराइसकेको छ । यो खोप एक मात्रा लगाए पुग्छ। अरू खोप भने एकजनालाई दुई डोजका दरले दिनुपर्छ। यस हिसाबले असोज मसान्तसम्म १ करोड ३ लाख ३४ हजार जनसंख्यालाई खोपको पूर्ण मात्रा उपलब्ध हुन्छ। यो भनेको नेपालको कुल जनसंख्याको एक तिहाइ अर्थात् ३३ प्रतिशत हुन आउँछ।

हालसम्म नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ३४ हजार जोन्सन खोप, चीनबाट अनुदानको १६ लाख र खरिद गरेको ५० लाख डोज, भुटानबाट २ लाख ३० हजार डोज, भारतबाट अनुदानको ११ लाखसहित २१ लाख डोज र जापानबाट ८ लाख डोज खोप आइसकेको छ। जापानबाट दुई साताभित्र थप ८ लाख डोज खोप आउने प्रक्रियामा छ। चीनले थप ६० लाख डोज खोप खरिद प्रक्रियाबाट नेपाललाई दिने भएको छ। यो खोप असोजभित्र नेपाल आइपुग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले दिने भनिएको मोडर्ना र फाइजरको खोप भने सन् २०२२ को अप्रिलसम्म आइपुग्ने महाशाखाले जनाएको छ। यो हिसाबले आगामी चैतभित्र सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य सरकारले तय गरेको हो। आजको नागरिक दैनिकमा पवित्रा सुनारले खवर छोपेकी छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP