Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

ओलीको तानाशाहीका कारण एमाले पुनर्गठन गर्नुपर्ने स्थिति आयोः नेता पाण्डे

काठमाडौं, साउन २६ । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी ओलीले संविधान, संसद् र संघीयतामाथि गरेको अपराधकोे कलंक स्वीकार नगरे नयाँ क्रान्तिकारी पार्टी बनाउनुपर्ने स्थिति आउने बताएका छन् । पाण्डेले पार्टी पुनर्गठन हुने स्थितिमा सरकारमा जाने बाटो खुल्ने दाबी पनि गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पाण्डेले भने, “मैले एमालेमा ४६ वर्ष राजनीतिक जीवन बिताएको छु । मलाई यो पार्टीको अगाध माया छ । तर सुवास नेम्बाङ, ईश्वर पोखेरल, विष्णु पौडेलहरुको बीचमा बसेर केपी ओली कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने दिशामा उद्यत छन् । उनलाई इतिहासको रछ्यानमा फ्याँक्ने दिन आउँछ ।”

एमाले नेता पाण्डेले माधवकुमार नेपाल विचार समूह शेरबहादुर देउवाको मायाले नभई संविधान र संसद्को मायाले राष्ट्रपति भवनदेखि सर्वोच्च अदालतसम्म धाउन विवश भएको बताए । उनले भने, “ओलीले बालुवाटारबाट बालकोट जाँदादेखि अहिलेसम्म माधव नेपाललाई देशद्रोही र लाल गद्दार करार गरेका छन् । तर माधव नेपाल राष्ट्रिय हिरो हुन् ।”

पाण्डेले ओली अहिले माधव नेपालले प्रधानमन्त्री खाइदिए भनेर रुँदै हिँडेको टिप्पणी गरे । उनले भने, “संसद्मा १५ सिट भएको महन्थ ठाकुर पक्षलाई ११ वटा मन्त्रालय दिने अनि देशलाई नाकाबन्दी लगाएका बेला सीमापारि बसेर ढुंगा हान्ने अनि पहाड र मधेस दुई राज्य बनाउनुपर्छ भन्न राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने कसरी राष्ट्रवादी हुन्छन्, माधव नेपाल शत्रु, महतो मित्र कसरी भए ?”

नेकपाको १७४ सदस्य संख्या भएको प्रतिनिधिसमा विघटन गरेर ओलीले के गर्न खोजेका हुन् भन्ने देश र दुनियाँलाई स्पष्ट भइसकेको उनले जिकिर गरे । उनले भने, “अन्य पक्षको सहयोग लिएर नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधन नै गर्न सक्ने स्थिति थियो । ओलीले अनाहकमा संसद् विघटन गरे । पुनस्र्थापनापछि दोस्रो पटक पनि विघटन गरे । उनको योजना के हो, लोकले बुझेको छ । कम्युनिस्ट आन्दोलनलाई सिध्याउने अपराधमा उनले माफी माग्नुपर्छ ।”

१० बुँदे सहमतिलाई केही परिमार्जन गरी एकताको अधिकतम प्रत्यत्न गर्ने भने तापनि ओलीका पछिल्ला गतिविधिले पार्टी एकता कठिन हुँदै गएको उनले बताए । “एकता टुंग्याएर पार्टी सदस्यता नवीकरण, विधान अधिवेशन, वडा अधिवेशन आदि गतिविधि गर्नुपर्नेमा पार्टीको बैठक समेत रोकिएन ,” उनले भने ।

एमालेको बुटवल महाधिवेशनले सवै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्ने विधान पारित गरेकोमा अहिले अध्यक्ष मात्र निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव ल्याएकोमा उनले आपत्ति जनाए । उनले भने, “हामीले एमालेलाई बुटवल महाधिवेशनबाट बहुपदीय बनाएका हौं । अधयक्ष मात्र निर्वाचित गर्ने प्रस्ताव सामूहिक नेतृत्वको भावना विपरीत छ । तर यो तानाशाही जन्माउने प्रयत्न हो ।”

अध्यक्ष शक्तिशाली हुने, अरुको भूमिका छेउमा बसेर सहयोग गर्ने पार्टी लोकतान्त्रिक हुन नसक्ने उनले बताए । उनले भने, “ओलीका यस्ता प्रकारले गतिविधिले अब एकता प्रयास अघि बढ्न नसक्ने देखिएको छ । अब केही दिनमै पुनर्गठन गर्ने स्थिति आउन सक्छ । हाम्रो बाटो क्लियर भएपछि हामी सरकारमा जान्छौं । संसद् र सरकारलाई पूरा अवधि टिकाउँछौं ।”

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP