Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

ओलीको एकलौटीले एमाले एकता झनै टाढा

काठमाडौं, साउन २६ । अध्यक्ष केपी शर्मा ओली एकलौटी रूपमा अघि बढेपछि एमालेमा एकताको सम्भावना झनै कमजोर बन्न पुगेको छ। सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर ओलीले माधव नेपाल पक्षका लागि पार्टीमा ढोका बन्द भएको संकेत गरेका छन्।

‘माधव नेपालहरूको विषयमा मलाई केही भन्नु छैन, प्रचण्ड (पुष्पकमल दाहाल) सँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवा (शेरबहादुर देउवा) सँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउनुभयो । साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ, म भन्न पनि चाहन्नँ, धेरै साथीहरूले कुरा बुझिसके, बिस्तारै सबै फर्कन्छन्। छिटोछिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्छु। पार्टीको काम रोक्ने, गुट र समानान्तर गतिविधि भइरहने अवस्थाको अन्त्य हुनेछ,’ बैठकमा ओलीले भने।

ओलीको यस भनाइबाट उनी विवाद मिलाएर माधव नेपाल पक्षसँग एकता गर्न उदासीन देखिएको संकेत मिल्ने उनकै पक्षधर एक नेताले बताए । ‘आन्तरिक विवाद निरूपण नगरी अध्यक्ष ओली अघि बढेका छन्। पार्टीभित्रको फरक मतलाई उनले सम्मान गर्न सकेको देखिएन’, ती नेताले भने, ‘अब पार्टीका लागि जटिल समय आएको छ। दुई नेताको लडाइँले सिंगो पार्टीलाई विभाजनतर्फ धकेल्यो।’

सोमबारको केन्द्रीय कमिटी बैठकमा ओली केही नरम देखिए पनि पार्टीका सबै गतिविधि एकलौटी रूपमा अघि बढ्दा नेपाल समूह अब आफ्ना लागि एमालेमा ढोका बन्द भएको अर्थ निकाल्दैछ। ओलीले एमालेबाट निकाल्ने कोसिस गरेमा पार्टी विभाजन गर्ने, नभए समानान्तर कमिटी बनाएर ओलीको भण्डाफोर गर्ने नेपाल पक्षको तयारी छ। आफूहरूको आग्रह नमानी पार्टी कमिटीका बैठकहरू सुरु भएपछि अध्यक्ष नै विवाद मिलाउन तत्पर नदेखिएको नेपाल पक्षको बुझाइ छ। आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP