Trending
समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै राजनीति एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै समाज विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी समाज बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

जसपामा उपेन्द्र र बाबुरामबीच टकराव

काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच टकराव देखिएको छ । जसपाको सरकारमा सहभागी हुने नेतृत्वकर्ताबारे विवादले टकराव बढेको हो ।

अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जसपाको नेतृत्व गरेर जान चाहे । त्यसप्रति बाबुराम असन्तुष्ट भए । उनले यादवबाहेकलाई सरकारमा नेतृत्वकर्ता बनाउनुपर्नेमा जोड दिए ।

बाबुराम राजेन्द्र श्रेष्ठलाई जसपाको नेतृत्व गराएर सरकारमा लान चाहिरहेका छन् । तर, उपेन्द्र यादव त्यसको विपक्षमा छन् । मधेश केन्द्रित नेताहरु चिढिनसक्नेमा उनी सतर्क छन् । यादव त्यसकारण पनि आफै सरकारमा नेतृत्व गरेर जान चाहिरहेको बुझिएको छ । तर, उनलाई रोक्न खोजेपछि सरकारमा सहभागी नै नहुने सम्ममा यादवले रणनीति बनाएका छन् । आफूलाई रोक्न खोजे जसपालाई नै सरकार बाहिर राख्ने यादवको चाहनाले तरंग नै ल्याएको छ ।

मन्त्री बन्नकै लागि कतिपय सांसद उपेन्द्र यादवको पक्षमा गएका छन् । उनीहरु सरकारमा सहभागी हुनैपर्नेमा जोड दिइरहेका छन् ।

महेन्द्र राय यादवको नेतृत्वमा सरकारमा जाने विषय पनि उठेको छ । तर, यादवलाई रोक्ने खेलहरु भइसकेको छ । यादवलाई रोकेर राजेन्द्र श्रेष्ठलाई नै बढाउने बाबुराम भट्टराई र अशोक राईको जोडबलले मधेश केन्द्रित नेताहरु असन्तुष्ट बन्दै गएका छन् ।

जसपामा महन्थ ठाकुर समूह पाखा लागिसकेका छन् । तर, ३५ सदस्यीय नयाँ कार्यसमितिमा उपेन्द्र यादव बाबुराम भट्टराई र अशोक राईहरुभन्दा कमजोर देखिने अवस्था बनेको छ । सरकारमा जाने या नजाने विवाद र गएमा मन्त्री बनाउने विषयमा जसपाभित्र नयाँ विवाद बढ्ने देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP