Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

४३ करोड रुपैयाँभन्दा बढीको तरकारीको बिउ आयात

काठमाडौं, साउन २७ । करीब १ वर्षको अवधिभित्र नेपालमा ४३ करोड रुपैयाँभन्दा बढीको तरकारीको बीउ आयात भएको छ । बीउबिजन आयातकर्ता कम्पनीहरूले भारत, चीन, जापान, थाइल्यान्ड, दक्षिण कोरियालगायत देशहरूबाट विभिन्न ३४ किसिमका वर्णसंकर र उन्नत जातका तरकारीका बीउहरू आयात गर्ने गर्छन् ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांकअनुसार आव २०७७/७८ को अन्तिमसम्ममा आयातकर्ता कम्पनीहरूले कुल ४३ करोड ३० लाख ७५ हजार ८ सय ४३ रुपैयाँ बराबरको १३ लाख ५५ हजार १४ किलो तरकारीको बीउ आयात गरेका हुन् । यो परिमाण गत आवको तुलनामा ८ करोड ५३ लाख २५ हजार ९ सय ३५ रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कुल ३४ करोड ७७ लाख ४९ हजार ९ सय ८ रुपैयाँको १ लाख ३ सय ४८ किलो बीउ आयात भएको थियो ।

केन्द्रले काउली, बन्दा, ब्रोकाउली, फर्सी, गाजर, प्याज, गोलभेडा, धनियाँ, मुला, तितेकरेला, भण्टालगायत ३४ भन्दा बढी जातका तरकारीको बीउ नेपालमा आयात हुने गरेको जानकारी दिएको छ ।

सबैभन्दा बढी कुल ९ करोड ३६ लाख ७२ हजार २ सय ३० रुपैयाँको ३३ सय ८९ किलो काउलीको बीउ आयात भएको छ । त्यसैगरी सबैभन्दा कम ५ लाख ९ हजार १ सय ८४ रुपैयाँको ३२ किलो चिनियाँ बन्दाको बीउ आयात भएको केन्द्रले जानकारी दिएकोे छ ।

५८ लाख २२ हजार १ सय ५४ रुपैयाँको २८ सय १० किलो गाजरको बीउ, १ करोड, ४६ लाख, ६ हजार ५ सय ७२ रुपैयाँको ५३ हजार ४ सय २० किलो धनियाँको बीउ आयात भएको छ । ३ करोड १९ लाख ९८ हजार रुपैयाँको २८ सय किलो तितेकरेलाको बीउ आयात भएको तथ्यांकले देखाएको छ । विदेशबाट आयात गरिने तरकारीहरूमध्ये काउली, बन्दा, प्याज, धनियाँ प्रमुख रहेको आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP