Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

अधिकार दुरुपयोग गर्दैन,संविधान बमोजिम काम हुन्छ : प्रदेश प्रमुख शेरचन

माधव बेल्बासे
चन्द्रौटा,२७ साउन
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशमा केहि खटपट रहेकोले संविधान बमोजिम काम हुने बताउनुभयो । अविश्वासको प्रस्ताव लगाएत केहि विषयवस्तु आएकोले त्यसलाई संविधान बमोजिम अगाडी बढाउने प्रतिवद्धता जनाउनुभयो ।
बुधवार कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समितिका पुर्ब सदस्य नरेन्द्रमान के.सि को आमा उमा कुमारी खत्रीको निधन प्रति आयोजित शोक सभामा वोल्दै शेरचनले नेपाली धेरै आमाहरुका कारण देश परिवर्तन सम्भव भएको बताउनुभयो ।
हजारौ युवाहरुले रगत बगाएर अहिले परिस्थिती प्राप्त भएको र यो सवैधानिक कानूनी रुपमा विगतको तुलनामा निकै राम्रो रहेको बताउनुभयो । अहिले तीन तहको सरकार रहेको र स्थानिय सरकार प्रत्यक्ष जनता सँग रहनुले जनताको आवश्यकता पुरा हुने क्रममै रहेको उहाँले बताउनुभयो ।
प्रमख शेरचनले संविधानले दिएको अधिकारलाई दुरुपयोग गर्न नहुने बताउनुभएको छ । नियम कानून र संविधानकै दुरुपयोग गरि आफ्नो स्वार्थ पुरा गर्न नहुने बताउँदै अधिकार पाए भन्दैमा संविधान मिच्ने अधिकार कसैलाई नभएको जनाउनुभयो ।
स्वर्गिय आमाले दमन र शोसणलाई अन्त्यको लागि कृयशिल रहनु भएका उहाँका श्रीमानलाई सहयोग गर्नुभएकोमा आमाको योगदान उच्च रहेको बताउनुभयो । उहाँका नौ भाइ छोराहरु कुनै न कुनै तवरले समाज सुधारमा लागेको प्रति धन्यवाद दिनुभयो ।नेकपा माओवादि केन्द्रका शिवराज नगरकमिटि अध्यक्ष दिनेश पुनले स्वर्गीय आमाको जिवनी पढेर सुनाउनुभएको थियो । १९८८ मा प्युठानको ओखरकोटमा जन्मनुभएकी खत्रीको ९० वर्षको उमेरमा आफ्नै निवास शिवराज नगरपालिका १ कलौनीमा साउन १७ गते निधन भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP