खनाल फर्किएलगत्तै नयाँ दल खोल्ने तयारीमा माधव नेपाल

२८ साउन । नेकपा एमालेको विवाद अझै केही समय वार कि पार नहुने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएपछि मात्र भावी कदम चाल्ने भएका छन् ।

अर्को हप्ता खनाल फर्कने र त्यतिञ्जेल जतिसक्दो बढी केन्द्रीय सदस्य र सांसद आफ्नो पक्षमा पार्न माधव नेपाल पक्ष जुटेको छ । नेपालले केन्द्रीय सदस्य र सांसदहरुलाई छुट्टाछुट्टै भेटिरहेका छन् । उनले भावी कदमबारे प्रष्ट पार्दै साथ दिन आग्रह गरिरहेका छन् ।

धेरैभन्दा धेरै एमाले केन्द्रीय सदस्य र सांसद पक्षमा पार्न माधव नेपाललाई बामदेव गौतमले पनि साथ दिइरहेका छन् । उनले पनि व्यक्तिगत रुपमा भेटघाट तिव्र पारेका छन् ।

खनालआएलगत्तै केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षरलाई अन्तिम रुप दिई आवश्यक कदम चाल्न नेता नेपालको तयारी छ । उनले ओलीलाई अल्पमतमा पार्ने रणनीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसो नभए फरक दल खोलेर भएपनि बढ्ने तयारी गरेका छन् । ओलीसँगै पार्टीमा रहन नसकिने निष्कर्षमा नेता नेपाल र गौतम दुवै पुगिसकेका छन् ।

यसैगरी, माधव नेपाल पक्षले ४० प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिसकेको बुझिएको छ । त्यसलाई पार्टी विभाजनको तयारीका रुपमा लिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP