कपिलबस्तुमा ब्राउन सुगर सहित २ जना भारतिय पक्राउ

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले ब्राउन सुगर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ निबी बस्ने २५ वर्षिय सहजाद अन्सारी र सोही स्थानका ३२ वर्षिय मोहम्मद रजा खान रहेको प्रहरीले जनाएको छ । शुद्धोधन गाँउपालिका वडा नं.३ हर्दिहवामा लागु औषध बिक्री गरेको सुचना पाए पछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।


पक्राउ परेका सहजाद अन्सारीले लगाएको जिन्स पाईन्टको गोजी भित्र तम्बाकु (सुर्ती) राख्ने प्लाष्टिकको प्याकेटमा प्लाष्टिक भित्र कालो डोरीले बाधेर राखेको ३ वटा पोका फेला परेको हो ।उनिहरुको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो । पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जे.एन. मरासिनीले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP