Trending
राजनीति नागढुंगा सुरुङमार्ग छिचोलियो, प्रधानमन्त्रीले थिचे स्विच खेल एसीसी प्रिमियर कप : एक खेलअगावै नेपाल सेमिफाइनलमा‚ ८ विकेटले हङकङ पराजित खेल एसीसी प्रिमियर कप : नेपालसामु जितका लागि ११५ रनको मध्यम लक्ष्य राजनीति ‘नेकपा एस अवसरवादी हो, सुदूरमा समीकरण फेरिए पनि केही फरक पर्दैन’ राजनीति पर्यटकीय क्षेत्रमा गस्ती गर्न पर्यटक प्रहरीलाई ई–साइकल आर्थिक ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना राजनीति शैक्षिक संस्थाको राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समाज तीन पुस्तादेखिको कटुवाल पेशा धान्दै मनबहादुर समाज बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ समाज राप्रपाको जनप्रदर्शनमा अश्रुग्यास खाएर सिकिस्त भएका डाँगीको निधन

‘दैनिक २ लाख खोप लगाइँदै’

साउन २९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप अभियानलाई तीव्रता दिँदै सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको विहिवार बसेको बैठकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गर्दै सांसदहरूले सबै नेपालीलाई खोपको सुनिश्चितता गर्न गरेको मागको प्रतिउत्तरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

उनले नेपालका लागि कुल ५ करोड ५० लाख मात्रा खोपको आवश्यकता पर्ने धारणा राख्दै अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख मात्रा खोप जनतालाई उपलब्ध गराइएको र नयाँ सरकार आएपछि बुधबारसम्ममा ७५ लाख मात्रा खोप लगाइएको जानकारी दिए । उनले कोरोनाको संक्रमण बढेको १६ जिल्लामा सरकारले खोपको विशेष व्यवस्था गर्ने जानकारी दिँदै निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखीभन्दा पनि सेवामुखी बनाउनेमा सरकार केन्द्रित हुने बताए ।

बैठकमा सांसदहरूले सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिता दिए पनि सबै नेपालीलाई पुग्ने गरी खोप ल्याउन नसकेको भन्दै तत्काल पर्याप्त खोप ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गर्न सरकार असफल भएको टिप्पणी गर्दै खोप वितरणलाई सहज बनाउन पनि आग्रह गरेका थिए । नेपाल समारचपत्र दैनिकमा मधुसूदन रायमाझीले खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP