Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

लुम्बिनीमा मन्त्री बनेका अजय शाहीको पद धरापमा

२९ साउन । लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री अजय शाहीको पद धरापमा परेको छ । सुर्य चिन्ह लिएर नेकपा एमालेबाट चुनाव जितेका उनी कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै मन्त्री बनेपछि सांसद पदबाट हटाउने प्रक्रिया बढाइएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेशका सचेतक भूमिश्वर ढकालले शाहीलाई लिखित स्पष्टिकरण सोधेको जानकारी दिए । अब उनको सांसद पद खारेजीको प्रक्रिया बढ्ने भएको छ । शाही स्वतन्त्र समूहबाट एमालेको सुर्य चिन्हबाट निर्वाचित भएका थिए । नवलपरासी पश्चिम १ ख का सांसद उनले १९ वैशाखमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्तक्षर गरेर अर्को दिन फिर्ता लिएको घोषणा गरेका थिए । तर, अहिले उनी फेरि गठबन्धनबाट बनेको सरकारको पक्षमा लागेर मन्त्री भएका छन् ।

शाहीले भने सुर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद भएको दाबी गरेका छन् । उनले सांसदबाट पदमुक्त गर्न खोजे अदालत जाने बताए । तर, जानकारहरु अदालत र निर्वाचन आयोगले स्वतन्त्र नभई एमालेकै सांसदका रुपमा चिन्ने बताउँछन् । यसकारण शाही अप्ठ्यारोमा पर्न सक्छन् ।

यसैगरी, दाङकी निर्वाचित प्रदेश सभा सांसद बिमला वलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधिसकेका छन् । उनको पनि सांसद पद खारेजीको प्रक्रिया बढाइएको छ ।
तत्कालीन नेकपाबाट विजयी वलीले पार्टी विभाजनपछि जुनसुकै खेमामा जान स्वतन्त्र भएको जिकिर गर्दै आएकी छिन् । उनी सुर्य चिन्हबाट निर्वाचित हुन् । तर, एमालेबाट नभई नेकपाबाट निर्वाचित भएकी हुन् । नेकपामा एमाले र माओवादी केन्द्र दुवै थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP