Trending
समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

दुर्लभ रेडपाण्डाको छाला सहित ३ पक्राउ

साउन २९
जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं ४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लज बाट प्रहरीले दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना पक्राउ गरेको छ ।

रेड पाण्डाको छाला कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोली परिचालित भई सो होटलको कोठा र त्यहा रहेका मानिसहरुको शरिर खानतलासी गर्ने क्रममा सो होटलको कोठा नम्वर १०४ मा २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर १ वटा बरामद गरी उक्त बरामद रेड पाण्डाको छाला, पुच्छर र मानिसलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका वडा नं। ५ सनिश्चरे बस्ने बर्ष २९ को खगेन्द्र पुरी सोहि ठाँउका ३२ बर्षिय आशिष जोगी र बर्ष २६ का सौरब राजवंशी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP