Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

प्रचण्डको प्रतिवेदनमा चुनावसम्मै गठबन्धन

३० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई चुनावसम्मै कायम राख्नुपर्ने प्रस्ताव राखेका छन् । उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आउँदो आमनिर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने प्रस्ताव छ ।

पार्टीको नीतिमै गठबन्धन कायम राख्नुपर्ने प्रस्तावमा गठबन्धनको औचित्यबारे व्याख्या समेत गरिएको छ । प्रतिवेदनमा कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने देखि गणतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धनलाई अझ मजबुत बनाउँदै चुनावसम्मै लानुपर्ने भनिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरिएको प्रतिवेदनमा एमालेसँगको एकता गर्ने कदमको बचाऊ गरिएको छ । तर, ओलीका कारण नेकपा विघटन भएको भनिएको छ ।

प्रचण्डको प्रतिवेदनमा ओली प्रवृत्ति खतरनाक भएको भनिएको छ । प्रतिवेदनमा ओली प्रवृत्तिलाई पराजित गरिएको र राजनीतिक परिवर्तनका विरोधी पक्षधरहरु षड्यन्त्रमा लागेकाले पक्षधर शक्तिहरुको गठबन्धन अझ मजबुत हुनुपर्ने भनिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP