तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

सिन्धुपाल्चोकं, साउन ३१। नेपाल र चीनबीचको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरूले माग राखेका छन् । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले नाका पूर्णरूपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमा नाका सहज, नियमित र पूर्णरूपमा सञ्चालन हुनुपर्ने माग गरिएको छ । भूकम्पपछि यो नाका अस्थिर रूपमा सञ्चालन भइरहेको छ । संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौं विपद्ले निकै समस्या रहेको र नाका सहज रूपमा सञ्चालन नहुँदा व्यापारी, व्यवसायी,सम्बद्ध मजदूर लगायत मारमा परेको भन्दै समाधानको पहल अघि बढाउन व्यवसायीले माग गरेका छन् । राजस्व संकलनमा उल्लेख्य योगदान पु¥याउने उक्त नाका पूर्णरूपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।

नाका अस्थिर हुँदा सयौंको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार हुँदा काम गर्ने मजदूर अहिले बिचल्लीमा परेकाले पूर्णरूपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ ।

तातोपानी नाकाबाट हुने व्यापारिक कारोबारमा सहजीकरणका साथै विपद् न्यूनीकरणका लागि समेत पहल गरिदिन उद्योग वाणिज्य संघ र सीमापार वाणिज्य संघले अनुरोध प्रधानमन्त्री देउवालाई अनुरोध गरेका छन् ।

सिन्धुपाल्चोकमा २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो र २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । कोदारी, तातोपानी, चाकु, बाह्रबिसे, लामोसाँघु, खाडिचौर, बलेफी, जलबिरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङपाल, हेलम्बु पनि बाढी तथा पहिरोको जोखिममा रहेकाले आवश्यक अध्ययन गरि स्थानान्तरणका लागि पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए ।

पटकपटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ । बाह्रबिसेबाट २६ किलोमिटर माथि पर्ने कोदारीसम्मको सडक सवारीसाधन सञ्चालन हुनै नसक्ने अवस्थामा रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP