Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ

, ३१ साउन: देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको बताइएको छ । माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुने गर्दछ । डोल्पोबुद्धका सबै विद्यालय वैशाखदेखि निर्धक्कका साथ पढाइ सुरु भएको स्थानीयवासी पेमा गुरुङले बताए ।

उनका अनुसार गत वर्षको कोरोना महामारीमा पनि उपल्लो डोल्पामा विद्यालय बन्द गरिएको थिएन । गत वर्ष परीक्षा समयमै भएका थिए । डोल्पोबुद्धमा छवटा विद्यालय छन् । छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका केही विद्यालयमा पनि पठनपाठन भइरहेको छ । सामान्यरूपमा कोरोना सङ्क्रमण भए पनि खासै असर नपरेको डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले बताए । डोल्पामा दुई शैत्रिक सत्रमा पढाइ हुने गर्दछ । उपल्लो डोल्पा कम जनसम्पर्क हुने क्षेत्रका रूपमा स्थापित छ । छिमेकी मुलुक चीनमा समेत नाका बन्द भएका कारण खासै समस्या नभएको सर्वसाधारण बताउँछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP