मनी ट्रान्सफर सुविधा दिन महालक्ष्मी बैंकले गर्यो ईसेवासँग सम्झौता

काठमाडौं, ३१ साउन । मनी ट्रान्सफर सुविधा दिन महालक्ष्मी विकास बैंक लिमिटेडले ई–सेवा मनी ट्रान्सफरसँग सम्झौता गरेको छ । ई–सेवा मनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा ले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

१०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधिमैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP