Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

श्रृङ्गीघाट सामुदायिक वन प्रकरण, ठेकेदार र अध्यक्षकै मिलेमतोको आशंका

कपिलवस्तु,
कपिलवस्तुको बाणगंगा स्थित श्रृंङगीघाट सामुदायिक बनबाट गायब भएको ९ सय ४० क्यूफिट काठ प्रकरणमा स्थानीयबासी तथा उपभोक्ताहरुले कटान ठेक्का पाएको ठेकेदार तथा बनकै अध्यक्षको मिलेमतो भएको आशंका गरेका छन् । सामुदायिक बनले आ.ब. २०७६÷७७ मा स्वीकृत कार्यक्रम अनुसार श्रृंङगीघाट सामुदायिक बनले ६२ हजार क्यूफिट काठ कटान गर्न दिएको ठेक्काको ठेकेदार कृष्णगोपाल श्रेष्ठ (कोजु) तथा सामुदायिक बनकी अध्यक्ष रेनु सेनकै संलग्नता रहेको स्थानीय उपभोक्ताको भनाई छ ।

यता गयो जंगलको काठ ः २०७७ जेठ १५ पछि साल लगायतका काठ विक्री वितरण र संकलनमा रोक लाग्दा साल गोलिया काठको मुल्य प्रति क्यूफिट ३५ सय देखि ४ हजार रुपैया सम्म पर्न गएको थियो । साल लगायत अन्य काठको चरम अभाव तथा अत्याधिक माग बिच सामुदायिक बनको सिवनएसवन प्लट र ढलापडा प्लटबाट गरि ९ सय ३९.४४ क्यूफिट काठ चोरी भएको थियो । तर उपभोक्ता श्रोतका अनुसार ठेकेदार कृष्ण गोपाल कोजुले अध्यक्ष रेनु सेनको सहमतिमा २०७७ भदौ मा आफ्नो बाणगंगा ३ स्थित जयमहालक्ष्मी स–मिलमा लगेर त्यहिबाट चिरान गरि स्थानीय काठ व्यवसायीहरुलाई विक्री गरेका थिए । तर अध्यक्ष सेनले भने उक्त काठ सापटीको रुपमा कोजुलाई दिने र काठ खुल्ने बित्तिकै अन्यत्रबाट काठ सिधै घाटगद्धिमा ल्याई गोप्य रुपमा शोधभर्ना गर्ने गरि सहमति भएको श्रोतको दाबी छ । तर २०७७ माघ १४ गतेको निर्णय अनुसार जंगल भित्रका गोलियाहरु घाटगद्दी सम्म ढुवानी आदेश पछि ढुवानीका क्रममा घाटगद्दी रजिष्टर तयार गर्ने बेलामा कटान रजिष्टर र घाट गद्दी रजिष्टर मिलान गर्दा ढलापडा प्लटको ३ सय ६४ दशमलब ७० र वैज्ञनिक वन प्लटको ५ सय ७४ दशमलब ७४ क्युफिट गरि कुल ९ सय ३९ दशमलव ४४ क्युफिट काठ हराएको भेटिएपछि रहस्य सार्वजनिक भएको हो ।

उन्मुक्तिको जुक्ति ः सामुदायिक बनले काठ हराएको प्रकरणमा वास्ता नगर्नु, डिभिजन बनलाई ढिलो जानकारी गराउनु, र ठेकेदारलाई कारवाहीको सट्टा जरिवाना मात्र तिराएर छाड्ने निति लिनुले मिलेमतोको आरोपलाई प्रश्रय दिएको पाइन्छ । ठेकेदार कोजु तथा अर्का ठेकेदार गणेश सिंहलाई बन ऐनमा भएको फितलो कानून टेकेर प्रति क्यूफिट काठको न्यूतम दररेटको जरिवाना तोकेर छाड्ने तयारी भइरहेको बताइएको छ । चोरी भएको ९ सय ३९ क्यूफिटमा ८ सय क्यूफिट साल मात्र छ र अहिले सालको न्यूनतम रेट १ हजार छ भने बजारमा यो ४ हजार क्यूफिटमा बिक्री हुन्छ ।

अवैधानिक अध्यक्ष सेन ः श्रृंङगीघाट सामुदायिक बनको कार्यसमिति १ बर्ष अघि नै विघटन भइसकेको अवस्थामा रेनु सेन आफै अवैधानिक अध्यक्ष हुन् । उनी मात्र तर्दथ रुपमा छिन् तर विघठित समितिको अध्यक्ष रेनु सेनले रकम हिनामिना समेत गरेको समितिकै एक सदस्यको दाबी छ । बैज्ञानिक बन खारेजी विरुद्ध आन्दोलन गर्नुपर्ने भन्दै विगठन भएको समितिको अध्यक्षले खाताबाट रकम निकालेको, सुराकी भन्दै १ लाख बढि रकम खर्च गरेको तर सुराकी कहाँ के गरे भन्ने जानकारी समितिलाई थाहा नभएको र उपभोक्ताहरु भन्दै कटानको ठेक्का पनि सेनले महंगोमा दिएर कमिशन लिएको आरोप छ । सोहि कारण उपभोक्ताहरुले सेनलाई हटाउन र अधिवेशन गर्न पटक पटक माग गरेका थिए । हाल आएर सेनले कोरोनाको कारण देखाउदै जर्बजस्ती पदमा बस्न खोज्नुले पनि उनको पदिय लोभ प्रस्ट देखिन्छ । १ बर्ष अघि श्रृंङगीघाट सामुदायिक बनको अधिवेशनले रेनु सेन नेतृत्वको समिति खारेज गरि कमल आचार्यको अध्यक्षतामा निर्वाचन मण्डल बनाएर कार्य अघि बढाएको थियो । तर सेनले निर्वाचन मण्डल मान्दिन भन्दै विरोध गरेकी थिइन् । काठ चोरी र यसमा अध्यक्षको मिलेमतोको विषय उठेपछि अहिले पुन ः उपभोक्ताहरुले तत्काल अधिवेशन गरि नयाँ नेतृत्व ल्याउन र सामुदायिक बनको भ्रष्टाचारमा संलग्नहरुलाई कारवाहीको माग थालेका छन् ।

डिभिजन भन्छ कारवाही हुन्छ ः सव डिभिजन वन कार्यालय मोतिपुरका सहायक वन अधिकृत उमेश कुमार साहले प्लटको कटान रजिष्टर र घाट गद्दी रजिष्टर मिलान गर्ने क्रममा ९ सय ३९ दशमलव ४४ क्युफिट काठ हराएको पुष्टि भएको जनाए । हराएको काठको संरक्षणको जिम्मेवारी सामुदायिक वनको भएको प्रष्ट पार्दै सहायक वन अधिकृत साहले प्रारम्भिक प्रतिवेदनमा ठेकेदार पक्षको कमजोडी देखिएको बताएका छन् । “वनको टोलीले काठ हराएको पत्ता नलगाउदाँ सम्म सामुदायिक वनले हामीलाई काठ हराएको बिषय जानकारी दिएको थिएन ।” उनले भने । यसबारे डिभिजन बनले सामुदायिक बन र त्यसका पदाधिकारी तथा कटान ठेकेदारहरुलाई मुद्धा दर्ता, जरिवाना, कालोसूची वा अन्य प्रकारका दण्ड सजाय गर्ने गरि प्रक्रिया अघि बढाएको जनाएको छ ।

आरोपी भन्छन हामी निर्दोष ः श्रृंङगीघाट सामुदायिक बनकी अध्यक्ष सेनले ठेकेदारको लापरवाहीले काठ हराएको हुदा आफुहरुको कुनै हात नभएको दाबी गर्दै जरिवाना तिराउने बताउछिन् । अरु आरोप निराधार हुन, छानबिन गरे हुन्छ, उनले ठाडो शैलीमा भनिन् । यता ढलापडा संकलन तथा कटान ठेक्का लिएका कृष्णगोपाल श्रेष्ठ कोजुले आफुलाई बदनाम गर्ने षडयन्त्र भएको बताउदै उक्त काठ आफुले नलगेको दाबी गर्दै प्रमाणित गर्न चुनौति दिए । कटानी र ढुवानी सम्म ठेकेदारको जिम्मा भन्नेमा सम्झौता गरेको स्वीकार्दै हराएको न्यूनतम जरिवाना तिर्न आफुहरु तयार भएको उनको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP