पाल्पा, ३१ साउन । भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । रिब्दिकोट गाउँपालिका ६ तल्लो ताल बस्ने ५६ वर्षीय कर्ण बहादुर लम्तरीलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नै घर नजिकै रहेको मकैबारीमा आएको स्याललाई हानेको भरुवा बन्दुकको गोली लागेर उनकै छोरा ३९ वर्षीय धन बहादुर लम्तरीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया