Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

कांग्रेस क्रियाशील सदस्यको अधिकार कटौती

काठमाडौं, साउन ३२। नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउनेगरी विधान संशोधन गरेको हो ।

यसअघि भने कांग्रेस विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो । कांग्रेस नेता रमेश लेखकले कोरोना महामारीलाई ध्यान दिँदै अधिवेशनमा भीडभाड नहोस् भनेर यस्तो व्यवस्थासहितको विधान संशोधन गरिएको जानकारी दिए ।

संशोधित विषय मंसिरका लागि तय गरिएको १४औं महाधिवेशनबाट अनुमोदन गराइने लेखकले जानकारी दिए । ‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः ‘गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर÷उपमहानगर÷महानगरपालिका क्षेत्रभित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने,’ कांग्रेसले शनिबार सम्पन्न बैठकको निर्णयमा भनेको छ ।

विधानअनुसार १ सय ५० पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट कम्तिमा तीन महिलासहित नौ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्यस्तै १ सय ५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति १ सय थप क्रियाशील सदस्यमा थप दुई महिलासहित ६ जना प्रतिनिधि चयन गर्न पाउने व्यवस्था छ ।

कोरोनाको जोखिम नघटेको र विभिन्न जिल्लामा निषेधाज्ञा पनि जारी भएको अवस्थामा थोरै उपस्थित हुनेगरी विधानको व्यवस्थामा संशोधन गरिएको कांग्रेसले जनाएको छ । यसैगरी, कांग्रेसले गाउँ÷नगर÷उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधि मात्रै हुन पाउने गरी विधान संशोधन गरेको छ ।

यसअघि महासमिति बैठकले बनाएको विधानमा कांग्रेसको क्रियाशील सदस्यता लिएको दुई वर्षको सदस्य पालिका सभापतिको उम्मेदवार बन्न पाउने व्यवस्था थियो । सभापतिबाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि हुन सक्नेछन् ।

‘गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ,’ कांग्रेसको निर्णयमा भनिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP