Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

अफगानिस्तानमा रहेका नेपालीलाई अमेरिका र भारतसँग समन्वय गरेर स्वदेश फिर्ता ल्याउनुपर्नेमा जोड

काठमाडौं, साउन ३२ । कूटनीतिज्ञ निश्चलनाथ पाण्डेले अफगानिस्तानमा रहेका नेपालीलाई अमेरिका र भारतसँग समन्वय गरेर स्वदेश फिर्ता ल्याउने वातावरण बनाउनुपर्ने बताएका छन् । अफगानिस्तानको राजधानी काबुलमा तालिवान विद्रोहीको कब्जामा गएपछि त्यहाँ रहेका नेपालीलाई सुरक्षित रुपमा फिर्ता ल्याउने जिम्मेवार सरकारकै भएको पाण्डेको जिकिर छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै कूटनीतिज्ञ पाण्डेले भने, ‘अहिले अफगानिस्तानमा नेपाली दूतावास छैन । दिल्लीको दूतावासले त्यहाँको मामिला हेर्न सक्छ कि सक्दैन रु त्यहाँ कति नेपाली छन्? तथ्यांक संकलन पहिलो काम हो । कति जना आउन चाहन्छन्, तिनलाई विमान नै लगेर सुरक्षित रुपमा उद्धार गरेर ल्याउन नसके त्यहाँका आईएनजीओ, दूतावास आदिमा सुरक्षा दिइरहेका नेपाली क्रस फायरमा पर्न सक्छन् । त्यसैले स्थिति गम्भीर छ ।’

कूटनीतिज्ञ पाण्डेले अहिले इराक, सिरिया, लिविया र अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने भए पनि चुनौतीपूर्ण भएको बताए । उनले भने, ‘द्वन्द्वग्रस्त मुलुकमा जान नपाइने भए पनि लुकिछिपी नेपाली त्यहाँ पुगेका छन् । ती देशमा नेपाली कति छन् भन्ने यकिन छैन ।’ उनले थपे, ‘परराष्ट्र मन्त्रालयले समन्वय समिति बनाएर ह्वाट्स एप र भाइबरबाट नाम दर्ता गर्ने व्यवस्था मिलाउनु स्वागतयोग्य भए पनि यो काम सजिलो छैन । यो काम पहिले नै गर्नुपर्थ्र्यो । काबुलको एयरपोर्ट नै तालिबानको कब्जामा छ ।’

अब सार्कको भविष्य के होला भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले सार्कको अध्यक्षता गरिरहेको देश भएकाले प्रधानमन्त्रीकै तहमा अरु सरकारसँग यसबारेमा वार्ता गर्नुपर्ने बताए । उनले भने, ‘अफगानिस्तान सार्कको आठौं राष्ट्र हो । नेपालबाट धेरै टाढा पनि छैन । काठमाडौंबाट गएको जहाज अपहरण गरी कान्धारमा पुयाइएको हाम्रो स्मरणमा छँदै छ । त्यसले हामीलाई असर गर्न सक्छ ।’

तालिवान शासनलाई मान्यता दिने कि नदिने भन्ने पनि अहिलेको जल्दोबल्दो समस्या भएको उनको टिप्पणी छ । उनले थपे, ‘अब सार्क सम्मेलनमा तालिबानलाई बोलाउने कि नबोलाउने रु उसलाई रिकोग्नाइज गर्ने कि नगर्ने रु कुनै मुलुकले मान्यता दिएन भने के हुन्छ ? त्यसैले यसबारे सार्क सम्मेलनमा आठौं सदस्यका रुपमा भित्र्याउँदा नै विचार गर्नुपर्थ्र्यो । अब यसबारे अध्यक्ष राष्ट्रका हैसियतले नेपालले पहल गर्नुपर्छ ।’

पाण्डेका अनुसार अफगानिस्तानमा राजा जहिर शाहको पालासम्म शान्ति र स्थायित्व थियो । सन् १९७३ मा उनकै नातेदार दाउद शाहले राजालाई अपदस्थ गरेर राष्ट्रपति शासन लादे । त्यहाँ संविधानसभाको चुनाव पनि गरिएको थियो । आफ्नै छिमेकीसँग परराष्ट्र मामिलामा सन्तुलित सम्बन्ध राख्न सकेन । अस्थिरता, द्वन्द्व र अशान्ति मच्चियो ।

सन् १९९० को दशकमा तालिवानको शासन आयो । तर त्यो शासन राम्रो थिएन । तालिवानी महिलाप्रति असहिष्णु थिए । ढुंगाले हिर्काएर क्रूर दण्ड दिन्थे । महिलालाई काम गर्न दिँदैनथे । बिन लादेनलाई समाप्त गरेपछि २० वर्षदेखि अमेरिकाले अफगानी राष्ट्रिय फौजलाई सुसज्जित गर्यो । खर्बौं डलर खर्चेर लाइब्रेरीदेखि विश्वविद्यालय बनायो । अमेरिकाले छाडेको एक महिनामै तालिबान राष्ट्रपति घानी भागेका छन् छिमेकी देशमा ।

अब अफगानिस्तान र दक्षिण एसियाको भविष्य के होला भन्ने प्रश्नमा पाण्डेले भने, ‘पक्कै पनि रुस, अमेरिकाजस्ता महाशक्तिलाई पराजित गरेको अभिमान तालिवानमा देखिन सक्छ । मुलुकको नामै अफगान एमिरेट्स राख्ने भनेका छन् । सरिया ल लागू गरेर अघि बढ्ने भनिएको छ । अब त्यहाँ आईएनजीओ, एनजीओ, मिडियाको स्थिति के हुन्छ, त्यसले नै स्थिति थाहा हुन्छ । भूपरिवेष्ठित राष्ट्र अफगानिस्तानको पाठ नेपालले पनि सिक्नुपर्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP