नेपाल टेलिकमका कर्मचारीले दिए कडा आन्दोलन गर्ने चेतावनी

३२ साउन । नेपाल टेलिकमका कर्मचारीहरुले माग तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

कर्मचारीहरुले अधिकार, सबै सुविधा कटौती हुने गरी साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दबाब दिँदै साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा धर्नासहित विरोधको कार्यक्रम गर्दै आएका छन् ।

४ हजार बढी कर्मचारी प्रतिकुल हुने गरी विनियमावली ल्याएको हुँदा परिसरमा अनसन बस्न बाध्य भएको कर्मचारीहरु बताउछन् । २८ दिनसम्म पनि आफुहरुको माग सुनुवाई नहुँदा कर्मचारीहरु संचालन समिति र व्यवस्थापन विरुद्ध झनै आक्रोसित भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP