Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

भूमि आयोग फिर्ता गर्न हस्ताक्षर

गण्डकी, ३२ साउन : भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएकोे छ ।

अखिल नेपाल किसान महासङ्घ कास्की शाखाले जिल्ला प्रशासन कार्यालय अघिको शहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । वर्षौदेखि खनजोत एवं उपयोग गर्दै आएका किसान र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजीको विरोधमा हस्ताक्षर सङ्कलन गरिएको अध्यक्ष रघुनाथ भण्डारीले जानकारी दिए ।

उनका अनुसार महासङ्घका केन्द्रीयसदस्य टीका अधिकारी, चुडामणि बराल, शिवजी कोइराला र देवेन्द्रराज शर्मा, उक्त आयोगका विज्ञ सुशीला पराजुली, भूमि अधिकार मञ्चका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङसहितको टोलीले सङ्कलित हस्ताक्षर प्रधानमन्त्री समक्ष पु¥याउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई बुझाएको हो ।

सहायक प्रजिअ पौडेलले हस्ताक्षर सम्बन्धित निकायमा पु¥याइने जानकारी दिए । अभियानमा ११ हजारभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिएको अध्यक्ष भण्डारीले राससलाई बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP