Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

अब कसले सम्हाल्लान् अफगानिस्तानको नेतृत्व?

काठमाडौं, भदौ १ । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ । अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम आएको छ । मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा ।

मुल्ला अब्दुल गनी बरादर तालिबानका संस्थापक नेता हुन् । उनलाई रणनीतिकारको भूमिकामा चिनिन्छ । अमेरिकाले अफगानिस्तानमा सन् २००१ मा आक्रमण गर्दा त्यतिबेला उनी तालिबानको डेपुटी रक्षामन्त्री थिए ।

सन् २०१० फेब्रुअरीमा अमेरिका र पाकिस्तानको संयुक्त अभियानको क्रममा उनी कराँची सहरबाट पक्राउ परेका थिए । अफगानिस्तानको सरकारसँग शान्ति वार्ता हँुदा उनको नाम पहिलो प्राथमिकतामा परेको थियो ।

सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता हुँदा उनी तालिबानको पार्टी प्रमुख थिए । उनले अमेरिकासँग वार्ताको समर्थन गरेका थिए । मुल्ला उमरको विश्वासपात्रका रूपमा उनलाई लिइन्थ्यो । उनी जीवित रहँदासम्म तालिबानका लागि आर्थिक कोष जम्मा गर्ने र दैनिक गतिविधिको नेतृत्वमा रहे ।

त्यस्तै, तालिबानका अर्का नेता हिब्तुल्लाह अखुन्दजादा इस्लाम धर्मका विद्वान मानिन्छन् । उनकै कारण आज तालिबान यो ठाउँमा आएको मानिँदै आएको छ । तालिबानको मुख्य गढ क्षेत्र मानिएको अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारका स्थानीय हुन् ।

सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत संघ (रुस)विरुद्ध अफगानिस्तानको विद्रोहमा कमान्डरको भूमिका निर्वाह गरेका थिए । तर, उनी सैन्य कमान्डरका रूपमा भन्दा एक धार्मिक विद्वानका रूपमा चिनिन्छन् । हिब्तुल्लाह तालिबानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरको उत्तराधिकारी थिए । मन्सुरको सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो । आजको राजधानी दैनिकमा निराजन पौडेलले खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP