अफगानिस्तानका नेपालीको सकुशल शीघ्र उद्धारः सरकार

भदौ १ । अफगानिस्तानमा तालिबानी समूहले कब्जा जमाएसँगै त्रास पैदा भइरहेको अवस्थामा सरकारले त्यहाँ रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि सरकारका सम्बन्धित निकायहरूलाई समन्वय गर्न पनि निर्देशन दिएको छ ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा नेपाली नागरिकको उद्धारका लागि तत्काल काम थाल्ने निर्णय गरेको बताएका छन् ।

‘मन्त्रिपरिषद्को बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता कार्कीले भने ।

गृह मन्त्रालयले पनि अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पु¥याउने व्यवस्थासमेत मिलाउन निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको बैठकले त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा कार्ययोजनासहित कार्य गर्न र उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने तयारी गरी स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितहरूलाई उपचारको व्यवस्था र अरूलाई घरसम्म पु¥याउने व्यवस्थासमेत मिलाउन निर्देशन दिइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP