Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

के पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिबानलाई समर्थन गर्छन् ?

काठमाण्डाै – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानले गुलामीको साङ्लो तोड्न सफल भएको बताउनु भएको छ ।

विद्रोही समूह तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै त्यहाँको अवस्था के होला ? भन्ने चासोकै बीच खानको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

इस्लामाबादमा भएको एक कार्यक्रममा उहाँले अफगानिस्तानले गुलामीको साङ्लो तोडेको तर संसारमा रहेको दासत्वको साङ्लो भने टुट्न नसकेको बताउनु भएको हो । उहाँको यो अभिव्यक्तिको चर्चित लेखक तसलिमा नसरीनले भने आलोचना गर्नु भएको छ ।

उहाँले भन्नु भएको छ – ‘प्रधानमन्त्री इमरान खान तालिबानलाई माया गर्नुहुन्छ, समर्थन गर्नुहुन्छ ।’ उहाँले भन्नुभयो, ‘अफगानिस्तानमा तालिबानले गुलामीको साङ्लो तोड्यो । के हुन्थ्यो होला, यदि इमरान खानको दुई छोराको साटो दुई छोरी भएको भए अनि उनीहरु बेलायतको साटो अफगानिस्तानमा बस्थे ?’

बङ्गलादेशमा जन्मिएकी तसलिमा नसरीनले अधिकारको क्षेत्रसहित साहित्यमा कलम चलाउँदै आउनु भएको छ । उहाँले अहिले निर्वासित जीवन बिताइरहनु भएको छ । समसामयिक विषयमा आउने तसलिमाले टिप्पणीले तरङ्ग ल्याइदिने गरेको छ ।

धेरैजसो समयमा उहाँको टिप्पणी विवादमा पर्ने गरेको छ । उहाँको पछिल्लो टिप्पणीमा पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन । पश्चिमा राष्ट्रले पाकिस्तानमाथि विद्रोहीको संरक्षण गर्दै आएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP