Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

योगेश भट्टराई एमाले विभाजनको विपक्षमा, अध्यादेशलाई सुनियोजित षड्यन्त्र भने

१ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराई पार्टी विभाजनको विपक्षमा उभिएका छन् । उनले पार्टी विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशलाई सुनियोजित षड्यन्त्र भन्दै विपक्षमा उभिएका हुन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गर्न लाग्दा योगेशले साथ नदिने सन्देश दिने गरी सामाजिक सञ्जालमा कडा धारणा सार्वजनिक गरेका हुन् । नेपाललाई पार्टी विभाजन सजिलो बनाउने गरी सरकारले २० प्रतिशत केन्द्रीय कमिटी सदस्य भए पुग्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने गरी अध्यादेश ल्याएपछि योगेशले आपत्ती जनाएका हुन् ।

‘अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर व्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र हो,’ उनले यो कदमलाई हिजो र आज दुवै समयमा गलत भएको टिप्पणी गरेका छन् ।

योगेशले लेखेका छन्ः राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर ब. देउपाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावि पुस्ताको भबिस्यलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्दछ । आमको दु:खत निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP