Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

खोपपछि मात्र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरिने

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले खोप लगाएपछि मात्र परीक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी गरेको जनारकाीदिनुभयो ।

तीन लाख ७४ हजार जना विद्यार्थी मध्ये अधिंकाशलाई खोप दिने तयारी छ । १८ बर्ष उमेर नपुगेका ८४५ जना विद्यार्थीलाई भने खोप लगाइने छैन ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको तथा सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आगामी साता जापानबाट आउने खोप उपलब्ध गराउने सम्भावना छ ।

देशभर खोप अभियान सञ्चालन गरिने भएकाले तीन/चार दिनको हाराहारीमा विद्यार्थीले खोप लगाइसक्ने अवस्था छ ।

सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको एक/दुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ । विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप लगाउने प्रबन्ध मिलाइने छ । कक्षा १२ का सबै विद्यार्थीको प्रवेशपत्र विद्यालयमा उपलब्ध गराइसकेकाले यसमा थप कुनै समस्या नहुने बोर्डको बुझाई छ । । यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । खोप लगाइसकेपछिको अवस्थामा भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्न धेरै सहज हुने बोर्डका पदाधिकारीको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP