Trending
flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने समाज पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग खेल स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो राजनीति प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान राजनीति प्रदेश १ : विश्वासको मतमाथि छलफल आज, मतदान मिति सार्ने सत्ता पक्षको कसरत खेल टि-२० विश्वकप : सुपर १२ मा बंगलादेश समाज बाढीले कैलालीमा जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा गाँसकै समस्या समाज प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै राजनीति एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै समाज विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी

भक्तपुरमा वर्षायाममै खानेपानीको चरम अभाव

२ भदौ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणमा विभेद गर्दा वर्षायाममा पनि भक्तपुर नगरपालिकाका केही स्थानमा खानेपानीको चरम अभाव देखिएको छ । केयुकेएलले नगरका केही स्थानमा दिन बिराएर पानी वितरण गर्दै आए पनि केही स्थानमा पाँच दिनको एकपटक, कतै हप्तामा एक दिन र कतै तीन हप्तामा एक दिन पानी वितरण गर्दै आइरहेको छ ।

पानी वितरणमा यसरी विभेद गर्दा भक्तपुर–४ र ५ का विभिन्न टोलमा खानेपानीको चरम अभाव देखिएको हो । “तीन हप्ता भयो धारामा पानी आएको छैन । सबै ठाउँमा आउने हामीकहाँ मात्र नआउने भन्ने नि हुन्छ रु कति किनेर खानु ?”, भक्तपुर–४ की हीरादेवी श्रेष्ठले प्रश्न गर्दै भने, “गत सातामै धारा खोल्नुपर्ने अहिलेसम्म आएको छैन । आज त धारा खोल्न आउँछ कि भनी आशैआशमा कति बस्नु धारा कुरेर ?”

चुनावमा भोट माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिले दैनिक अतिआवश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको उनले गुनासो गरे । “कहाँ भन्न जाऊ खानेपानीको कार्यालय गए आज हाकिमसा’ब आउनुभएको छैन भन्छन् । अरु सबै ठाउँमा समयमै पानी आउने । हामीकहाँ मात्र नआउने । पानीमै पनि विभेद गर्छन् । पानी नपठाएपछि शुल्क पनि नलिनु नि । शुल्क भने समयमा तिरेन भने कर भार बोकाउने । यस्तो पनि हुन्छ ?”, उनले भने ।

त्यसैगरी भक्तपुर–५ की मायादेवी लोहलाले धारामा पानी आउँछ कि भनी कुर्दाकुर्दा दिनै बित्ने गरेको दुःखेसो पोखे । “धारामा पानी आउने ठेगान छैन । आज आउँछ भोलि आउँछ भन्दाभन्दै तीन हप्ता भइसक्यो । पानीको समस्याले अरु काम नै लथालिङ्ग भइसक्यो”, उनले भने ।

वर्षायाममा पनि सार्वजनिक इनारमा पानी नहुँदा थप अभाव भएको उनले बताए । “वर्षायाम भए पनि इनारमा समेत पानी छैन । यो टोलमा धेरै पानीको समस्या छ, सबैले इनारको पानीमा भर पर्नुपर्छ । इनारमा पनि पानी छैन । पानीको समस्या बढ्न थालेपछि टोलका दुई–तीन घर मिलेर ट्याङ्करको पानी किनेर दैनिक गुजारा चलाउनुपरेको छ । किनेर कति साध्य ?”, उनले भने ।

केयुकेएलको लापरवाही र अनियमितताका कारण पनि नगरका अधिकांश क्षेत्रमा पानीको हाहाकार भएको बताइएको छ । बढ्दो खानेपानीको समस्याले सार्वजनिक ढुङ्गेधारा, इनार र पोखरीमा लुगा धुने पानी लिन आउनेको निकै चाप बढेको छ । हप्तौँसम्म धारामा पानी नपठाए पनि सम्बन्धित निकायलाई केही वास्ता नभएको जनगुनासो छ । नगरका इताछें, वंशगोपाल, भार्वाचो, तौमढी, पोटरीस्क्वायर, घट्खालगायतका ठाउँमा नियमित पाँच दिनमा एक दिन धारा आउँछ । नगरकै आर्दश, खँल्ला, दोगनमा भने तीन हप्तामा एक दिन पनि पानी आउँदैन ।

नगरका खँल्ला, दोगन, देउला टोलमा आउने पानी कटौती गरी अन्यत्र पठाउने गरेका कारण ती टोलमा पानीको चरम अभाव देखिएको हो । केयुकेएलका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “सबैतिर पाँच दिनमा एक दिन पानी वितरण गर्नुपर्ने हो । तौमढीस्थित केही गेष्टहाउससँगको मिलेमतोमा चाबी नै उनीहरुको जिम्मा दिइराखेको छ । पानी आउने बेला बन्द गरिदिने गरेका कारण तौमढीदेखि तल्लो खँल्ला, दोगनटोलतिर पानी नआएको हो । यसमा कार्यालयकै कर्मचारीको हात छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP