माधव नेपालको साथ छाड्नेलाई ओलीको पुरस्कार, कस्लाई के

२ भदौ । नेकपा एमाले विभाजन गर्न लागेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकटस्थ हस्तीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् । ओलीले महत्वपूर्ण अवसर दिने प्रतिवद्धतासहित माधव नेपालको पक्षमा रहँदै आएका पार्टी पदाधिकारीहरुलाई रोक्न सफल भएका छन् ।

ओलीले यसअघि नै उपाध्यक्ष भीम रावललाई रोकिसकेका थिए । रावलसँग पटक पटक छलफल गरेर रणनीति समेत बनाएको बुझिएको छ । जस अनुसार माधव नेपालको साथ छाड्ने नेताहरुलाई जिम्मेवारी दिएर शक्ति बाँडफाँड गरी पार्टी विभाजनको पक्षमा जानबाट रोक्ने थियो ।

ओलीले रावललाई एमालेमा आफूपछि दोस्रो वरियतामा राख्ने सहमति गरेको विश्वस्त स्रोतले बताएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने सहमति बनिसकेको छ । शाक्यले केही दिन अघि नै पार्टी विभाजनको पक्षमा नजाने बताइसकेकी छिन् ।

अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि माधव नेपाल पक्षमा गएनन् । उनले पनि हाल रहेको पदाधिकारीसहित महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन् ।

माधव नेपालको साथ छाडेका गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य पनि पदाधिकारीका रुपमा यथावत् रहने बुझिएको छ । तीनै जनाले महत्वपूर्ण जिम्मेवारी समेत पाउने भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP