Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

फुट्यो एमाले

भदौ ३। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको लामो विवादपश्चात अन्ततः एमाले बुधबार औपचारिक रूपमा फुटेको हो । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको एमाले वरिष्ठ नेता नेपालको नेतृत्वमा नयाँ दल गठन भएको छ ।

नवगठित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी)’ रहेको छ । पार्टी अध्यक्षमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल र वरिष्ठ नेतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नवगठित पार्टी नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

पार्टी केन्द्रीय सदस्य ९५ सदस्यीय र चुनाव चिह्नमा खुला किताब प्रस्ताव गरिएको छ । नेता पाण्डेका अनुसार प्रतिनिधि र राष्ट्रियसभाका ३१ सांसद र साबिक एमालेका ५८ केन्द्रीय सदस्यसहित ९५ सदस्यीय छन् । एमाले र माओवादी केन्द्रबीच एकतापश्चात बनेको नेकपा अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु विवाद चर्किंदै गएपछि पार्टी फुटेको हो ।

सर्वोच्च अदालतको फैसलापश्चात एमाले व्यूँतिएपछि ओली र नेपालबीच कुनै सहमति हुन नसक्दा विभाजन भएको हो । ओली र नेपाल समूहका नेता रहेका कार्यदलले १०बुँदे प्रस्ताव गर्दै एकताका लागि दबाब दिएको थियो । दोस्रो तहका नेताको दबाबमा पार्टी एकताबद्ध बनाउन नसकिएपछि नयाँ दल गठन भएको हो । आजको राजधानी दैनिकमा प्रभु शाहले खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP