आर्यन सिग्देलले गरे ‘म राजेश हमाल’मा हस्ताक्षर

३ भदौ । निर्माता केदार घिमिरेले महानायक सुपरस्टार राजेश हमालको नाममा नयाँ फिल्म ‘म राजेश हमाल’ निर्माण गर्ने भएका छन् । फिल्ममा चर्चित अभिनेता आर्यन सिग्देल अनुबन्ध भइसकेका छन् । उनले निर्माण पक्षसँग मंगबलबार कागजी हस्ताक्षर गरेका हुन् ।

अभिनेता आर्यनले राजेश हमालको सम्मानको लागि फिल्ममा काम गर्न लागेको बताएका छन् । निर्माता भुषालले केमियो भुमिकाको लागि राजेश हमाललाई अफर गरेको खबर आएको छ । तर, हमालले भने हालसम्म कुनै निर्णय दिएका छैनन् ।

बिक्रम लामाले निर्देशन गर्ने यस फिल्ममा संचिता लुइटेल, अस्मिता लामिछाने लगायतको भुमिका रहनेछ । यो फिल्म राजेश हमालको नाममा बन्ने भएपनि उनको जीवनीमा भने आधारित नहुने निर्माताको भनाई छ ।

फिल्मको सुटिङ भदौ २० गतेदेखि सुरु हुने भएको छ । यस भन्दा अगाडी पनि हमालको नाममा फिल्म बनेका थिए । तर, फिल्म खासै सफल हुन सकेन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP